वीरगञ्ज १७ भदौं । पर्सामा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । साउन सुरुवाट भएदेखि बढ्दै गएको कोरोना सङ्क्रमित थपिने क्रम पछिल्लो समयमा आएर घटेको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा मंगलबार राति गरिएको ४ सय ९० जनाको स्वाबको परिक्षणमा जम्मा पर्साका १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने बारा जिल्लाको ५० जनामा सङ्क्रमण देखिएको छ ।
नारायणी अस्पतालका प्रवक्ता वरिष्ठ चिकित्सक डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार पर्साको आज थपिएका सङ्क्रमितहरु वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाका हुन् ।