news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज १ असोज । पर्साको सखुवापर्सौनी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले करोडौँ रकम हिनामिना गरेको आरोप लगाएको छ ।

गाउँपालिका अध्यक्ष प्रदीप जयसवाल र प्रमुख प्रशासकीय अधिकृत संदेश यादवले एकलौटी ढंगबाट करोडौँ बराबरको रकम हिनामिना गरेर भष्ट्राचार गरको गाउँपालिका उपाध्यक्ष आरोप लगाएकी छन् ।

अध्यक्ष यादव र अधिकृत यादवले विषयगत समिती नै गठन नगरी ५ करोड भन्दा बढी रकम भ्रष्टाचार गरेका उपाध्यक्ष फुलमती देवी चौधरीले आरोप लगाएकी छन् ।

उपाध्यक्ष चौधरी र गाउँपालिकाका वडाध्यक्षहरुले बिहिबार जिल्ला प्रशासन कार्यालय पर्सामा एउटा ज्ञापन पत्र बुझाउँदै गाउँपालिका र प्रशासकीय अधिकृतले गरेको आरोप बारे अनुसन्धान गर्दै कारवाही गर्न माग गरेका छन् ।

गत साउन १४ गते आर्थिक वर्ष २०७७/७८ कालागि जारी गर्नुपर्ने निती तथा कार्यक्रम उद्घाटनमै सिमित भएको र त्यस पश्चात एकलौटी अध्यक्षको निर्देशनमा भदौ १९ गते कार्यक्रम गर्ने पत्र काटिएपनि आफुहरुले विरोध गर्दै आएको ज्ञापनमा भनिएको छ ।

स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ को १ (ग)मा स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितीमा ४ सदस्यहरु हुनुपर्नेमा गाउँपालिका अध्यक्षले गैरकानुनी रुपमा आफ्नै पार्टिबाट ४ जना सदस्य राखि निर्णयहरु पारित गरी व्यापक अनियमतिता गरेको उपाध्यक्ष र वडा अध्यक्षहरुको आरोप छ ।

बिहीबार पेश गरिएको ज्ञापन पत्रमा रोकिएको निती तथा कार्यक्रम गर्नुपर्ने, गत आर्थिक वर्षको आय/व्यय विवरण सार्वजनिक गर्नुपर्ने, गैरकानुनी रुपमा गठन भएको समिती खारेज गर्नुपर्नेलगातयका मागहरु समेटिएका छन् ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506300
Today
Yesterday
This Week
Last Week
This Month
All days
743
1607
5173
1494645
6655
1506300

Your IP: 3.148.219.214
2025-05-10 22:48

Facebook Live Feed