श्री भगवान साह
बारा असोज २ गते/ चैनपुर ,बुनियाद , प्रस्टोका ,कलैया सडक को शिलान्यास आज एक कार्यक्रम को बिच कार्यक्रम को प्रमुख अतिथि भौतिक पुर्वधार बिकास मन्त्री माननिय जितेन्द्र सोनल द्वारा सुसम्पन्न ।
परवानिपुर गाउपालिका वार्ड न.४ अन्तरगत चैनपुरमा सडक शिलायान्स गर्नु भएको छ् । भौतिक मन्त्रालय द्वारा प्रादेशिक सडक अन्तरगत रहेको उकत सडक को शिलान्यास भएको हो । सडक डिभिजन कार्यालय द्वारा ठेक्का गरि रु २ करोड रकम रहे पनि ठेक्का सकार १ करोड १४ लाख ७५ हजार ६ सय ११ मा रहेको छ । कार्यक्रम मा भौतिक पुर्वधार मन्त्रालय का सचिव रामा अधार साह , परवानिपुर गाउपालिका अध्यक्ष हरिनारायण साह, प्रसौनी गाउपालिका अध्यक्ष भोला साह , परवानीपुर गापा उपाध्यक्ष सावित्री देवि , सडक डिभिजन का कार्यालय प्रमुख दरोगा साह, नेपाल बार एसोसिएसन को केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंह , जसपा नेपाल बारा ४ को अध्यक्ष सिताराम गुप्ता , परवानीपुर गापा का सबै वडा अध्यक्ष , प्रसौनी गापा को वडा अध्यक्ष , जसपा परवानीपुर गापा अध्यक्ष जगत नरायण महतो , नेता जवाहिर महतो , लगायत ,स्थानिय बासिको सहभागिता मा कार्यक्रम समपन्न भएको छ ।