news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज ९ असोज । वीरगञ्जस्थित नारायणी अस्पतालमा बिहीबार राति गरिएको परिक्षणको रिपोर्ट अनुसार पर्साका ११ र बाराका ४ जनागरी जम्मा १५ जनामा संक्रमणको पुष्टि भएको छ ।

थपिएको १५ जना संक्रमितहरुमध्ये १४ जना पुरुष र १ जना महिला रहेको नारायणी अस्पतालमा प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

बिहीबार पर्साका १०३ जनाको स्वाबको नमुना परिक्षण गर्दा ११ जनामा संक्रमण देखिएको हो । पर्साका थपिएका संक्रमित वीरगञ्ज महानगरपालिकाका १० जना र छिपहरमाई गाउँपालिकाका १ जना रहेका छन् ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ६, १४, १५, १६ र २६ का एक/एक जना रहेका छन् भने वडा नम्बर १० का दुई जना र वडा नम्बर २९ का तिन जनामापनि संक्रमणको पुष्टि भएको डाक्टर चौरसियाले बताए ।

यस्तै, छिपहरमाईको वडा नम्बर ५ मापनि एक संक्रमित थपिएका हुन् ।

उता, बाराको पचरौता, सिम्रौनगढ र आदर्श कोतवालका बासिन्दाहरुमा संक्रमणको पुष्टि भएको छ ।

पचरौता नगरपालिकाको वडा नम्बर ३ का एक जनामा संक्रमण देखिएको छ । त्यसैगरी, सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ४ का एक जना संक्रमित भएका छन् भने आदर्शकोतवाल वडा नम्बर ५ का दुई जनामा संक्रमण देखिएको छ ।

बिहीबार बाराका २२ जनाको पिसिआर परिक्षण भएको थियो । पर्सा र बाराका नयाँ थपिएका संक्रमितको सिटी भ्यालु १८ देखि ३४ सम्म रहेको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514382
Today
Yesterday
This Week
Last Week
This Month
All days
536
573
3748
1501303
14737
1514382

Your IP: 216.73.216.156
2025-05-25 19:59

Facebook Live Feed