वीरगञ्ज ९ असोज । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा न. २ बेल्वामा एक जनाले आत्महत्या गरेका छन् ।
रामजानकी मन्दिरको यज्ञशाला भवनमा बस्ने २२ वर्षिय अजय राउत थारुले गएराति पासो लगाएर आत्महत्या गरेको पारिवारीक श्रोतले जनाएको छ । उनले आत्महत्या गरेको कारण भने अहिलेपनि खोल्न सकेको छैन ।
उनको शबलाई पोस्टमार्टमका लागी वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । पर्सामा पछिल्लो समय आत्महत्याको घट्ना वृद्धि भएको छ ।