बिरगंज अस्विन ९ -अखिल नेपाल पिछडावर्ग (OBC) महासंघद्वारा फुड बैकको राहत बितरण कार्य १८औं दिन पनि जारी रहेको छ। वीरगन्ज महानगरपालिकाको विभिन्न वडामा अतिविपन्न परीवारलाई शुक्रबार अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ पर्साद्वारा राहत वितरण गरेको छ ।
अखिल नेपाल पिछाडावर्ग (OBC) महासंघ पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरको सहकार्यमा नयाटोलका ६ अतिविपन्न परीवारलाई १० केजीको दरले चामल वितरण गरेको पर्साका अध्यक्ष अकलेस साहले बताएका छन् ।
कोरोना महामारीबाट प्रभावित भएका परीवारलाइ अखिल नेपाल पिछाडावर्ग (OBC) पर्साका सदस्यहरुले र साथीहरुको सहयोगमा आफ्नो व्यतिगत खर्चबाट राहत वितरण गरिएको साहले बताए !