वीरगञ्ज १३ असोज । वीरगञ्जस्थति नारायणी अस्पतालमा गएराति गरिएको पिसिआर परिक्षणमा एक जना बैंकरसहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालले उपलब्ध गराएको जानकारी अनुसार गएरति १ सय ९२ जनाको थ्रोट स्वाबलाई पिसिआर प्रविधिबाट परिक्षण गर्दा पर्साका २४ जना र बाराका एक जनागरी दुई महिलासहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पर्सामा संक्रमण पुष्टि भएकामध्ये एक जना एभरेष्ट बैंकमा कार्यरत ३५ वर्षीय कर्मचारीपनि रहेका छन् । त्यसैगरी थपिएका अन्य संक्रमितहरुमध्ये अधिकतम वीरगञ्ज महानगरपालिकाको विभिन्न वडाका बासिन्दा रहेका छन् ।
वडा नम्बर २१ का पाँच जना, वडा नम्बर २९ का दुई जना र वडा नम्बर १५ र १६ का एक/एक जनागरी कुल १७ जना संक्रमित थपिएका छन् ।
त्यसैगरी पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ का पाँच जना र सुवर्णपुर् वडा नम्बर ५ का पनि एक जना संक्रमित भएको डाक्टर चौरसियाले जनाए ।
उनले बारा जिल्लाको महागढी माई नगरपालिका वडा नम्बर ७ का एक जनामा पनि संक्रमण देखिएको जानकारी गराए ।
नयाँ पुष्टि भएका संक्रमितहरु १८ वर्षदेखि ७० वर्ष उमेर समुहसम्मका रहेका छन् । उनीहरुको सिटि भ्यालु १८ देखि ३४ सम्म रहेको डाक्टर चौरसियाले बताए । उनले २४ भन्दा माथि सिटि भ्यालु भएको संक्रमितले अन्यमा संक्रमण फैलाउने सम्भावना न्यून रहेको जानकारी समेत दिए ।