news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज १५ असोज । साउन १० गतेदेखि पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा लगातार जारी रहेको निषेधाज्ञा अन्त्य भएको छ ।

बुधबार पर्साका प्रमुख जिल्ला अधिकारि आस्मना तामाङको अध्यक्तामा बसेको जिल्ला शुरक्षा समितिको बैठकले वीरगञ्जमा विगत ६८ दिनदेखि लागेको निषेधाज्ञालाई पूर्ण रुपले हटाउने निर्णय गरेको छ ।

विगत केहि दिनदेखि निषेधाज्ञालाई खुकुलो गरिएपनि प्रशासनले पूर्ण रुपमा निषेधाज्ञा अन्त्य भने गरेको थिएन ।

प्रशासनले बिहिबार एउटा सूचना जारी गर्दै वीरगञ्जको मुख्य बजारमा सञ्चालित पसलहरु अब साँझ ६ बजेसम्म खुल्ने छन् । यसअघि बिहान ११ बजेदेखि ५ बजेसम्म मात्र पसल सञ्चालन गर्ने अनुमति दिइएको थियो ।

फलफुल र तरकारी बजारको हकमा भने पुरानै नियम पुन: लागु गरिएको छ । फलफुल र तरकारी व्यवसायीहरुले प्रशासनले तोकेकोस्थानमा बिहान ५ बजेदेखि ८ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाउने सूचनामा उल्लेख गरिएको छ । सडक पेटी र फुटपाथमा भने कुनै किसिमको पसल सञ्चालन गर्न पाउने छैन ।

त्यसैगरी सदरमुकाम वीरगञ्जमा रहेका सरकारी कार्यालयहरुबाट प्रवाह हुने सेवाहरु अब स्थानीय तहका बासिन्दा अनुसार दिइने छ । वीरगञ्ज महानगरपालिकाका बासिन्दाहरुका लागि सरकारी कार्यालयहरुले आइतबार र सोमबार सेवा प्रवाह गर्नेछन भने पोखरिया, पर्सागढी र बहुदरमाई नगरपालिकाका बासिन्दाहरुकाले मंगलबार र बुधबार सेवा लिन सक्ने छन् ।

यस्तै जिल्लाका अन्य पालिकाहरुका बासिन्दाहरुले बिहीबार र शुक्रबार सेवा प्राप्त गर्ने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले बताए । उनले आवश्यकताको आधारमा सरकारी कार्यालयहरुले सेवाको मोडालिटी परिवर्तनपनि गर्न सक्ने जानकारी दिए ।

कोभिड-१९ को जोखिम कायमै रहेको बेला नेपालीहरुको महान पर्व वडा दशैं, तिहार र छठ पूजा नजिक आईरहेको कारण सबैलाई आ-आफ्नो स्थानमा रहेर पूजा, अर्चनागरी चाडपर्व मनाउन र सार्वजनिक स्थल तथा बजारमा अनावश्यक भिडभाड नगर्न प्रशासनले अनुरोध समेत गरेको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514239
Today
Yesterday
This Week
Last Week
This Month
All days
393
573
3605
1501303
14594
1514239

Your IP: 216.73.216.177
2025-05-25 16:15

Facebook Live Feed