news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज आश्विन १५ - मिति २०७७।०६।१४ गते अं.१२:०० बजेको समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.वडा नं. १६ स्थितमा रहेको देव पार्टी प्यालेसमा लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक,

राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा संचालन भइरहेको छ भन्ने बिशेष सूचनाको आधारमा यस कार्यालय तथा मातहत व.प्र.का.विर्ताबाट प्रहरी अधिकृत समेतको प्रहरी टोली खटि गई सोधपुछ गर्दा उक्त स्थानमा बारा, पर्सा र सर्लाही समेतका परीक्षार्थी २१ जना सम्मिलित रहेको र सो परीक्षा संचालनमा सहयोग गर्ने प्रयोजनको लागि बिभिन्न व्यक्तिहरुलाई फोन गरी बोलाएको, उक्त परीक्षा दिने परीक्षार्थीहरुसंग नेपाल प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामति खरिदार समेतमा जागिर लगाई दिन्छु भनी विगत ९ महिना देखि प्र.चौ.परवानीपुर, ई.प्र.का.नगवा पर्सामा गई म प्रहरी निरीक्षक हुँ भनी परिचय समेत दिदै हिडेको, जि.प्र.का.बाराबाट मिति २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा निजलाई पुर्पक्षको लागि ११० दिन बीरगंज कारागार कैद सजाय भुक्तान गरेको जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.७ चौधरी टोल बस्ने राश विहारी राय यादवको छोरा बर्ष २९ को अजय कुमार रायलाई प्रहरी निरीक्षक पोशाकमा नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र थान-२, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र थान-२१, ऐ.को प्रश्न पत्र थान-२६ खरिदारको प्रवेश पत्र थान-१ सहित निजलाई प्रहरी निरीक्षक पोशाकमै पक्राउ गरी ल्याएको र उक्त परीक्षा हलबाटै जि.बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.५ बस्ने बर्ष ५७ को हिरालाल महतो, ऐ.ऐ.बस्ने बर्ष २८ को बसन्त चौधरी, जि.पर्सा बी.म.न.पा.वडा नं.१६ बस्ने बर्ष २१ को रवि कुमार चौरसिया, ऐ.पकाहामैनपुर गा.पा.वडा नं.५ सबैठवा बस्ने बर्ष ४७ को शिव नारायण चौरसिया, ऐ.बी.म.न.पा.वडा नं.२७ रानीघाट बस्ने बर्ष २५ को रामजी चौरसिया समेतलाई नियन्त्रणमा लिइ निजहरुको के-कुन भुमिका रहेको छ भन्ने कुरा बारे थप अनुसन्धान कार्य भइरहेको ।
साथै उक्त परीक्षा दिने निम्न स्थान बस्ने निम्न व्यक्तिहरुसंग तल उल्लेखित रकम झुक्याई जागिर लगाई दिन्छु भनी प्रलोभनमा पारी ठगी गरेको ।
निम्न:-
१. जि.बारा कोल्बी न.पा.वडा नं.७ धोधरपा बस्ने बर्ष २१ को राजेश रामसंग रु. २०,०००।–
२. जि.पर्सा बी.म.न.पा.वडा नं.२ छप्कैया बस्ने बर्ष २३ को सुनिल महतोसंग रू.१,०००।–
३. जि.पर्सा बहुदरमाई न.पा.वडा नं.४ बस्ने बर्ष २३ को जितेन्द्र महतोसंग रु.१,०००।–
४. जि.पर्सा पर्सागढी न.पा.वडा नं.१ बस्ने बर्ष २६ को रामकिशोर राई थारुसंग रु.१,०००।–
५. जि.पर्सा बी.म.न.पा.वडा नं.३१ बस्ने बर्ष २६ को सुनिल शर्मासंग रु.२६,०००।–
६. ऐ.ऐ.बस्ने बर्ष २७ को सन्तोष रामसंग रु.२५,०००।–
७. ऐ.ऐ.बस्ने बर्ष २६ को अशोक साह तेलीसंग रु.२१,०००।–
८. जि.बारा जितपुर, सिमरा उ.म.न.पा.वडा नं.११ बस्ने बर्ष २८ को राम प्रवेश रामसंग रु.२१,०००।–
९. जि.पर्सा बी.म.न.पा.वडा नं.३२ बस्ने बर्ष २५ को राजन कुमार पटेलसंग रु.३५,०००।–
१०. जि.बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.७ बस्ने बर्ष २१ को शत्रुधन साह कलवारसंग रु.१५,०००।–
११. जि.पर्सा छिपहरमाई गा.पा.वडा नं.१ बस्ने बर्ष १९ को संजय कुमार साहसंग रु.२४,०००।–
१२. जि.पर्सा पकाहामैनपुर गा.पा. वडा नं.४ बस्ने बर्ष १९ को राकेश चौरसियासंग रु.१,५०,०००।– परीक्षामा उतिर्ण भए पश्चात लिने कुरा भएको ।
१३. जि.पर्सा बी.म.न.पा.वडा नं.१६ बस्ने बर्ष २० को अरबिन्द कुमार चौरसियासंग रु.२१,०००।-
जम्मा रु.३,६१,०००।– (तिन लाख एकसठ्ठी हजार )
श्रोत जिल्ला प्रहरी कार्यालय पर्सा

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514213
Today
Yesterday
This Week
Last Week
This Month
All days
367
573
3579
1501303
14568
1514213

Your IP: 216.73.216.228
2025-05-25 15:16

Facebook Live Feed