news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

२६ फागुन, वीरगञ्ज । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको कलैया उपमहानगरपालिका-२३ का ३८ वर्षीय जयराम राउत कुर्मीलाई पक्राउ गरेको हो ।

मंगलबार वीरगञ्ज-६ स्थित माँ अम्बे ट्रेडर्सबाट अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको सूचना प्रहरीमा आएको थियो । प्रहरीले सोही ट्रेडर्समा काम गर्ने कुर्मीलाई स्रोत खुल्न नसकेको नेपाली ७ सात लाख ७५ हजार ४ सय ७० रुपैयाँ, भारतीय रुपैयाँ ७ हजार ४ सय तथा उनको साथबाट बब्लु राजको नाममा जारी भएको नगद २ लाख र रामप्रसाद पटेलको नाममा जारी भएको ५ लाख ६० हजारको चेकसमेत बरामद गरेको छ ।

पक्राउ परेका कुर्मीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कर्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

ट्रेडर्सका सञ्चालक हाल फरार रहेकाले खोजी भइरहेको उनले बताए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514004
Today
Yesterday
This Week
Last Week
This Month
All days
158
573
3370
1501303
14359
1514004

Your IP: 216.73.216.26
2025-05-25 08:19

Facebook Live Feed