news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बुटवल चैत्र ४ । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम महाधिवेशन बुटवलमा सम्पन्न हुनुको दिन आइतबार देशैभरका पत्रकारहरुले आ–आफ्नो जिल्लामा यहाँबाट थोरै भएपनि सकारात्मक सन्देश लिएर गएका छन् भने बुटवल नगरी नजिकै पर्ने एउटा मनोरम पार्कको आकर्षण पनि मानसपटलमा सल्बलाउँदै फर्किएका छन् ।

संघको महाधिवेशन बुटवल नगरिमा हुर्द छ भन्ने थाहा पाएपछि यहाँको एउटा बौद्धिक जमातले केहि न केहि रचनात्मक कार्य गरौं भन्ने कुराको छलफल अगाडी बढाए ’– त्यस बेला संघका नवनिर्वाचित अध्यक्ष विनोद पाहडी पनि म संगै हुनुहुन्थ्यो , त्यसपछि मानव अधिकार तथा शान्ति समाजले समता भोज अर्थात् दलित गैरदलित बीच सामुहिक भोजको आयोजना गरौं भन्ने निचोडमा पुगेका हौं ’– बुटवलका वरिष्ठ पत्रकार बालकृष्ण चापागाईले भने ।

उनले बुटवल नगरीलाई यस्तो अवसर दिलाई दिएको प्रति संघका अध्यक्ष पहाडीलाई धन्यवाद समेत दिए । ‘देशभरका पत्रकार बुटवल नगरिमा जमघट हुनु हाम्रो लागि अवसर र खुशीको कुरा थियो ’–उनले थपे – ‘यो अवसरलाई हामीले केहि न केहि यहाँबाट सन्देश छर्ने र यहाँको पर्यटकिय विकासको प्रचार–प्रसार समेत गर्ने अवसरका रुपमा लियौं । ’

आइतवार बिहान महाधिवेशन सकिए लगत्तै पूर्वनिर्धारित कार्यक्रम अनुसार सहभोज आयोजना गरिएको स्थान बुटवल बजारको सुख्खानगरबाट अलि माथी जंगलबीचमा रहेको चारैतिर प्रकृतिक शौन्दर्यले भरिपूर्ण हिलपार्क पुगेका थिए विभिन्न जिल्लाका सयौं पत्रकारहरु । पूर्वी नेपाल देखि सुदुरपश्चिमसम्मका पत्रकारहरु त्यस पार्क भित्र जहाँ–जहाँ पुग्यो त्यही सेल्फी खिच्न आतुर देखिन्थे ।

मकवानपुर , चितवनबाट आएका केहिी पत्रकाहरु गेट भित्र पस्न साथ ‘वन पोज प्लीज ’ भन्दै साथीलाई तस्वीर खिचिदिन आग्रह गर्दै थिए । तेह्रथुम , ताप्लेजुङ्ग , भोजपुर । उता रामेछापतिरका पत्रकारहरु सुदुरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका पत्रकार साथीहरुसँग तस्वीर खिचाउँदै थिए । कोही फ्रि वाईफाई पार्कमा पुगेर फोटाहरु पोष्ट गर्दै थिए । चर्को घाम उकालो लागेकाहरु सितल छाहरी मुनी गफ गर्दै बसिरहेका थिए ।

उनीहरुलाई भोज र बाजातालको नाचगानको रमझमले भन्दा त्यहाँको प्राकृतिक र मानव निर्मित आकर्षक विभिन्न भौतिक संरचनाले लोभ्याई रहेको जस्तो देखिन्थ्यो । इलाम र धरान अनि काठमाण्डौ उपत्यका जस्ता आकर्षक पर्यटकिय गन्ब्यबाट आएका पत्रकारहरु समेतलाई लोभ्याई दिएको थियो त्यस हिलपार्कले । तिब्र विकासको चरणमा रहेको त्यस पार्कमा स्थानीयहरुको समेत गर्मीमा हावा खाने,जाडोमा घाम ताप्ने पार्कका रुपमा विकास भएको रहेछ । त्यसको प्रसारलाई मध्ये नजर गर्दै अतिथीका रुपमा विभिन्न जिल्लाबाट बुटवल महाधिवेशनमा आएका पत्रकारहरुलाई समता भोजको अवसर मिलाएको थियो मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले ।

एकातिर दलित गैरदलित बिच समता भोज गरेर जातिय छुवा–छुत विभेद गरिनु भ्रम हो र त्यो ठूलो अपराध हो भन्ने सन्देश पनि दिन खोजेका हौ समाजका केन्द्रिय अध्यक्ष गोविन्द खनालले भने –‘हुन त कानुनी रुपमै छुवाछुद विभेद दण्डनीय अपराध हो । जुन अपराध हामी जानी–नजानी गरिरहेका छौं जसका कारण हामी अपराधी र कुकर्मी समेत हौं ।’ उनले हिन्दु धर्मग्रन्थहरुमा कतै पनि छुवाछुद विभेद नलेखिको बरु भ्रम छरेर कतिपयले जबरजस्त लाद्ने काम गरिहेकोले त्यो भ्रमलाई दलित ग्रैहदलित समुदाय बिच सहकार्य गरेर आगाडी बढ्नु पर्नेमा जोड दिए ।

विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य हरिबहादुर आचार्यले सदियौंदेखि उत्पीडन र शोषणमा रहेका दलित समुदायहरुको उजुरी बाजुर छिटो हेरि दिन कानुन अनसार न्याय दिलाइए दिन मञ्चमै आशिन रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रविण पोखरेलसँग आग्रह गरे । एसपी पोखरेलले प्रहरी संगठनमा कुनै प्रकारको जातिय विभेद नहुने गरेको दावी गरे । त्यस समता भोज कार्यक्रमको शुभारम्भ गर्न लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन बन तथा वातवरण मन्त्री लिला गिरि पुगेका थिए ।

उनले आफू जन्मेको ३ वर्षको उमेर सम्म छुवाछुत र विभेदको अवस्था समाजमा भयावह रहेको तर, अहिले क्रमिक रुपमा कम हुँदै गएको बताउँदै शिक्षा–दिक्षामा जोड दिनुपर्ने धारणा राखे ।कार्यक्रममा विभिन्न राजनैतिक दलका नेता, सरकारी कर्मचारी , सुरक्षा निकायका प्रमुखहरु र विभिन्न संघ–संस्थाका प्रतिनिधि,करिब २ सय बढी विभिन्न जिल्लाका पत्रकारहरुले पंक्तिबद्ध भई दलित समुदायका भान्छेहरुले पकाएर टक्राएको खान खाँदै थिए ।

मन्त्री गिरिले खाना खान सुरु गर्न साथ नौमती बाजा घन्काएर खुशीयाली प्रकट गरिएको थियो । केहिबेर राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष विनोद पाहडी र मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय अध्यक्ष गोविन्द खनाल एकै साथ बाजा तालमा झुमेुर आत्मियता साटेका थिए ।
शान्ति समाज रुपन्देहीका अध्यक्ष डि.पी खनालले आफुहरुको संस्थाले समता भोजको पुरै खर्च ब्यहोरे पनि पकाउने खुवाउने ब्यवस्थापनको जिम्मा दलित समुदायहरुलाई नै दिइएकोले आफूहरुले उनीहरुकै हातबाट खान खाएको बताए । दलितहरुले पकाएको खान खानेहरुमा ७० वर्ष उमेरसम्मका बृद्धा ब्राम्हण , क्षेत्री लगायत थिए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514006
Today
Yesterday
This Week
Last Week
This Month
All days
160
573
3372
1501303
14361
1514006

Your IP: 216.73.216.153
2025-05-25 08:21

Facebook Live Feed