news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

– दिपक चौरसिया

वीरगन्ज (पर्सा), ६ चैत । कोरोना संक्रमणको बखत खटेका वीरगन्ज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले जोखिम भत्ताको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । ‘जोखिम भत्ता चाहियो, कोभिड – १९ मा काम गर्ने को ? भत्ता खाने को ?’ लगायतका नारायुक्त प्लेकार्ड सहित चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका हुन् ।


कोरोना संक्रमण महामारीको बखत खटेका चिकित्सक एवं स्वास्थ्यकर्मीको जोखिम भत्ता सरकारले अस्पताललाई पठाएपनि अस्पताल प्रशासनले नदिएको कारण विरोधमा उत्रनु परेको तत्कालीन वीरगन्ज स्थित कोरोना अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए । उनका अनुसार जोखिम भत्ताको लागि लेखा शाखाले मागेको सम्पूर्ण कागजातहरु दिदा पनि भत्ता नदिएको बताए ।
कोरोना महामारीको बखत आफ्नो परिवारलाई त्यागेर, ज्यानलाई जोखिममा राखेर कोरोना संक्रमितहरुलाई उपचार गरेको अवस्थामा नेपाल सरकारले पठाएको जोखिम भत्ता वितरण गर्न अस्पतालले किन ढिलाई गरेको भन्दै चाँडो भन्दा चाँडो जोखिम भत्ता वितरण गर्नुपर्ने माग गरे । उनका अनुसार साउन देखिको अस्पतालका ४ सय जति चिकित्सक र स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाउन सकेका छनन् ।
यसबारे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जय ठाकुरले जोखिम भत्ताको सबै चिकित्सकले माग गरेका कारण वितरणमा समस्या भएको बताए । जोखिम भत्ताको लागि कोरोना संक्रमण महामारीको बखत काम गरेको प्रमाणित भएको कर्मचारीले मात्रै पाउने भनिएको छ, त्यसको लागि समिति पनि बनाइएको छ, प्रमाणित भएर आउने वित्तिकै नेपाल सरकारकाले नियमानुसार भत्ता वितरण गरिने उनको भनाई छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514041
Today
Yesterday
This Week
Last Week
This Month
All days
195
573
3407
1501303
14396
1514041

Your IP: 216.73.216.227
2025-05-25 09:00

Facebook Live Feed