news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

३१ चैत, वीरगञ्ज । बाराका एकजना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारको क्रममा जीतपुर सिमरा उपमहानगरपालिका-९ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मंगलबार बिहान साढे ३ बजे उनको मृत्यु भएको अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए । ‘खोकी, ज्वरो र मुखबाट रगत आएपछि निजी अस्पतालमा उपचार गराएका रहेछन्, दुवै फोक्सोमा कोभिड निमोनिया थियो,’ डाक्टर सिंहले भने, ‘हाई फ्लो अक्सिजन दिँदासमेत ४० प्रतिशतभन्दा बढेन, ज्वरो पनि घटिरहेको थिएन, जति कोसिस गर्दा बचाउन सकिएन ।’

भारतको हैदरावादबाट होली पर्व मनाउन चैत १४ गते उनी घर फर्किएका थिए । स्वास्थ्यमा समस्या आएपछि चैत २६ गते उनलाई वीरगञ्जको एडभान्स अस्पतालमा भर्ना गरिएको थियो ।

पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि चैत ३० गते राति पौने १ बजे उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

एडभान्समा उपचारका क्रममा हेमो ग्लोविन ४.७ मात्रै भएकोले ३ पिन्ट रगत चढाएको डाक्टर उदय नारायण सिंहले बताए ।

दुई दिन कोरोना परीक्षण गराउन नमानेका उनलाई चिकित्सकले सम्झाइबुझाइ स्वाब संकलन गरेर नारायणीमा परीक्षणका लागि पठाएका थिए ।

onlinekhabar

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513963
Today
Yesterday
This Week
Last Week
This Month
All days
117
573
3329
1501303
14318
1513963

Your IP: 216.73.216.185
2025-05-25 05:52

Facebook Live Feed