news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज, ६ बैशाख । पर्सामा स्थानीय प्रशासनले बिना मास्क घर बाहिर निस्कने व्यक्तिलाई दण्डित गर्ने सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साले सोमबारदेखि बिना मास्क घर बाहिर निस्केको व्यक्तिलाई एक सय रुपैयाँ दण्डित गर्न सुरु गरेको हो ।

संक्रामक रोग ऐन २०३० बमोजिम जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशन अनुसार पर्सा प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरुले मास्क नलगाउँनेलाई कारवाही गर्ने कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।बिना मास्क बजारमा भेटिएकाहरुलाई प्रहरीले समातेर एक पटकको लागि सय रुपैयाँ जरिवाना तिराउँने र समझाईबुझाई अब उपरान्त बिना मास्क घरबाहिर ननिस्कने सर्तमा एक थान मास्क समेत दिएर छोडेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए ।

सोमबार बिहानैदेखि पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिकाको घण्टाघर चौक, माइस्थान,भानुचौक, रानीघाटलगायतको ठाउँमा मास्क बिना हिडेकाहरुलाई कारवाही गरेको छ । 

घरण्टाघरमा बिना मास्क सोमवार बिहान भेटिएका १७ जनालाई प्रहरीले जनही एक सयका दरले जरिवाना तिराएको छ । त्यसै गरी माइस्थानमा प्रहरीले १५ जनालाई कारवाही गरेको डिएसपी खनालले बताए ।

सोमबार जिल्लाको सदरमुकाम वीरगञ्जको विभिन्न स्थानमा मास्क प्रयोग नगरी बाहिर निस्केका व्यक्तिलाई एक सय रुपैयाँ दण्डित समेत गरिएको छ ।

कोरोनाभाइरस महामारीको दोस्रो लहरको कारण सिमावर्ती जिल्ला पर्सा र बाराको अवस्था भयावह बनिरहेको बेला स्थानीय प्रशासनको आग्रहलाई अटेरी गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्ने व्यक्तिमा जनचेतना अभिवृद्धि गर्न यस्तो गरिएको छ ।

प्रशासनले महामारीको प्रभावबाट जोगिन स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्दै भिडभाड नगर्न आग्रहसमेत गरेको छ ।

पर्सा प्रहरीले वीरगञ्ज महानरपलिकालगायतका अन्य सबै पालिकाहरुमा म्याकिङ्ग तथा जनचेताना मुलक कार्यक्रमलाई पनि अगाडी बढाएको जनाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513956
Today
Yesterday
This Week
Last Week
This Month
All days
110
573
3322
1501303
14311
1513956

Your IP: 216.73.216.115
2025-05-25 05:36

Facebook Live Feed