news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज, १६ बैशाख । प्रहरीले कोरोनाभाइरस रोकथामका लागि स्थानीय प्रशासनले बिहीबारदेखि निषेधाज्ञा जारी गरेसँगै त्यसको कार्यन्वयनका लागि वीरगञ्जमा कडाइ गरिएको छ ।

वीरगञ्ज बजारमा बिना कारण हिँडडुल गर्ने सर्वसाधारणलाई होल्ड गरिएको छ भने तोकिएको बाहेकका ५० भन्दा बडी मोटरसाईकल र सवारीसाधन पनि नियन्त्रणमा लिएर होल्ड गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख (एसएसपी) बेलबहादुर पाण्डेले जानकारी दिए ।

उनका अनुसार पर्सा जिल्लाको हकमा १० बजेसम्म सामान किन्न जानेहरूलाई छुट दिइएको छ ।

पाण्डेले पर्सामा २ सय ६६ जना प्रहरी परिचालन गरिएको बताए । बजार खुल्ने समयअवधि बाहेकको समयमा गाडी र मोटरसाइकल चलेको पाए नियन्त्रणमा लिएर होल्ड गरिने उनको भनाइ छ ।

एसएसपी पाण्डेले वीरगञ्जका २६ ठाउँमा पिकेट ड्युटीमा प्रहरी परिचलान गरिएको छ बताए । त्यसैगरी जिल्ला प्रहरी र ट्राफिक प्रहरीद्वारा संयुक्तरुपमा १० ठाउँमा सवारी चेकिङ राखिएको छ । यस्तै मोबाइल, क्युआरटी र सीआरभी भ्यान परिचालन गरेर निषेधाज्ञाको अनुगमन गरिएको उनले बताए ।
बिरगंजका मुख्य सडक सुनसान देखिएता पनि केहि फुट फाट मान्छे ओहर दोहर गरिएको देखिएको छ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513908
Today
Yesterday
This Week
Last Week
This Month
All days
62
573
3274
1501303
14263
1513908

Your IP: 216.73.216.205
2025-05-25 04:08

Facebook Live Feed