वीरगञ्ज, २३ बैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणअनुसार १ सय ५१ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।
पर्सा जिल्लाका विभिन्न स्थानबाट संकलित १ सय ९२ जनामध्ये १ सय ३२ जनाको आरटी पिसिआर र १९ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।
जसअन्र्तगत पर्सा जिल्लाका १ सय ९ जना, बाराका ३० जना, सर्लाहीका ७ जना र रौतहटका ५ जनामा संक्रमण पुष्ठि भएको छ । ५६ जना महिलासहित थपिएका संक्रमितहरु ६ वर्षदेखि ८८ वर्ष उमेर समुहका रहेका छन् ।नारायणी अस्पतालका कोभिड १९ ससंयोजक डा. सरोजरोशन दासका अनुसार थपिएका संक्रमितहरुको सिटि भ्यालु १४ देखि ३४.९ ससम्म रहेको छ ।