काठमाडौँ वैशाख २६ — पछिल्लो २४ घण्टामा १८ हजार ७८७ पीसीआर परीक्षणमा नेपालमा ८ हजार ७७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार २२ जना निको भएका छन् भने ५२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ९४ हजार ६६७ पुगेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ७२० र निको हुनेको संख्या ३ लाख २ हजार ७८७ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ८८ हजार १६० रहेको छ ।
यस्तै काठमाडौं उपत्यकामा ४ हजार १९८ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ हजार १६१, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ जनामा संक्रमण पुष्टि भएको हो ।