news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

काठमाण्डाै जेठ २– अरब सागरमा विकसित भएको सामुद्रिक आँधीकाे प्रभाव नेपालमा पनि पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अबको २४ घण्टासम्म यो सामुद्रिक आँधीको प्रभाव नपरे पनि त्यसपछि भने पर्न सक्ने सम्भावना देखिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

माैसमविद् अर्यालकाअनुसार यो आँधीको प्रभावका कारण नेपालको मध्य र पश्चिम तराईका जिल्लामा असर पर्ने अनुमान गरिएको छ । यस्तै 'तौ ते' नाम गरेको यो सामुद्रिक आँधीसँगै पश्चिमी वायु र न्यून चापीय प्रणालीको पनि प्रभाव पर्ने सम्भावना रहेकाले भोलि बेलुकापछि भने देशका धेरै ठाउँको मौसम बदली हुने सम्भावना रहेको छ ।

आज र भोलिको मौसम सामान्यतया सफा नै रहे पनि त्यसपछिका एक/दुई दिन धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद् अर्यालले जानकारी दिनुभयो । यो आँधीको प्रभाव र अवस्था हेरेर सूचना सार्वजनिक गर्ने मौसमविद्को तयारी छ ।

'तौ ते' समुद्री आँधीका कारण भारतको केरलामा दुई जनाको ज्यान गएको छ । गुजरात, महाराष्ट्र, केरलासँगै तमिलनाडुमा यो आँधीको असर पर्ने त्यहाँको मौसम विभागले जनाएको छ । यी राज्यमा उच्च सतर्कता पनि अपनाइएको छ । तमिलनाडुमा ठूलाे वर्षाको पनि अनुमान गरिएको छ । 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513953
Today
Yesterday
This Week
Last Week
This Month
All days
107
573
3319
1501303
14308
1513953

Your IP: 216.73.216.181
2025-05-25 05:29

Facebook Live Feed