बारा जेष्ठ १२ । हाल बढदो कोरोनाको कहरले गर्दा मानव जातिनै संकटमा परेकाले जनजीवन अस्तव्यस्त रहेका कारण फ्रन्ट लाइनमा खटिने बारा इलाका प्रहरी कार्यालय जितपुरलाइ क्लिन एड नेपाल प्रा लि द्वारा हिजो स्वास्थ्य सामाग्री दिएका छन् ।
विवेक पाण्डे, संजय गुप्ता र सन्दिप पटेलको को नेतृत्वमा मास्क १५०० पिस, भाडा धुने , हात साबुन र सरफ ४०/१४४/६० पिस वितरण गरिएको युवा नेता मनमोहन पाण्डेले यस तराई न्युजलाइ जानकारी गराउनु भएको छ।