रौतहट गौर जेष्ठ १५ / हिजो यस तराई न्युज लाइ प्राप्त समाचार लगतै यस पिसफोर दलितस फाउन्डेसन नेपाल, पर्सा महुवानका अध्यक्ष मनोज रामलाइ सम्पर्क गरि यो सहयोग जुटाई दिन अनुरोध गर्दा वहाकै बिशेष पहलमा र सोहि रौतहटका पत्रकार अभिमनु कुमार पटेलको सहयोगले
राजदेवी नपा वडा नं ९ ब्रहमपुरी निवासी हाल शिवम सिमेन्ट प्रा.लि. मा कार्यरत चन्दन सिंहले रौतहट जिल्लाको गौर नपा वडा नं २ महादेवपट्टि टोलमा बस्ने तेजनारायण पासवानको पत्नी सुतकेरी भएकी छिन र हाल देशभरि कोभिड १९ ले गर्दा ज्यान जोगाउन र सुरक्षित रहन सरकार द्वारा लकडाउन लगाइएको हुनाले एक छाक खाना खान उहाँको परिवारमा धेरै समस्या उत्पन्न भइरहेको हुदा
समाजिक संजालमा सहयोगको लागि अपिल गरेको १० मिनेट भित्रमा समाजसेवी चन्दन सिंहले यस सस्थालाई राहत खरिद गरि हस्तान्तरण गर्न जिम्मेवारी दिनुभएकोमा हृदय देखि उहाँप्रति स-धन्यवाद अर्पण गर्न चाहन्छु कि मलाई यस्तो सेवा गर्नका लागि मौका जुडाईदिनु भएमा ।
समाजसेवी सिंह मार्फत उपलब्ध गराइएको ५० केजी चामल २ बोरा, आलु ५ केजी, प्याज ५ केजी, नुन २ केजी, खानेतेल २ केजी, होर्लिस १ केजी, दाल २ केजी, नुहाउने साबुन ८ पिस, कपडा धुने साबुन ६ पिस, मास्क १ डिब्बा, सेनिटाईजर १ लिटर, धनिया, हल्दी, खुर्सानी र गरम मसला एक एक पाकेट उहाँको घरमै पुगेर लगेर बुझाएका थिए ।
यस सस्थाका मनोज राम पत्रकार अभिमनु कुमार पटेल र दाता चन्दन सिंहलाइ यस तराई न्युज परिवारले हृदय देखि धन्यबाद।