news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज जेष्ठ १६ । जिल्ला प्रहरी कार्यालय पर्साको प्रवेशद्वारमा बिपद व्यवस्थापन गण प्रदेश नः–२ को टोलीमा कार्यरत प्रहरी सागर यादवले राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगरका अध्यक्ष जलेशवर सरार्फलाई दुर्ववहार गरेका छन् ।

प्रहरी हवलदार यादवले अध्यक्ष सरार्फलाई जेठ ५ गतेका दिन दुर्ववहार गरेका हुन् । एकपटक मात्र होइन पटकपटक प्रहरी हवलदार यादवले गरेको दुर्ववहार सहन नसकेर आफुले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय पर्सा, प्रदेश नः–२ प्रहरी कार्यालय लगायतका कार्यालयहरुमा बोधार्थ हुनेगरी उजुरी दिएको पिडित अध्यक्ष सर्राफले बताए ।

उनले प्रहरी हवलदार यादवसंग जिल्ला अदालत पर्सामा आफ्नो मुद्दा चलिरहेका निहुमा दुर्ववहार गरेको वताए ।

अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाका प्रतिवादी प्रहरी हवलदार सागर यादवले वादीसंग गाली गलौज, धाकधम्की लगायतको वादविवाद गर्नु भनेको प्रहरी संगठनलाई बदनाम गर्नु तथा वर्दीको दुरुपयोग गर्नु भएको पिडित सर्राफको भनाई छ ।

उनले त्यही बिषयमा छलफलका लागि जिल्ला प्रहरी कार्यालयले २०७८/०२/१२ गतेका दिन प्रहरी हवलदार यादव र मलाई बोलाएर सोधपुछ गरि पुनः ज्येष्ठ २० गते उपस्थित हुनेगरी तारिखमा बोलाएको जानकारी दिए ।

सम्मानित जिल्ला अदालतमा चलिरहेको मुद्दामा पुनः जिल्ला प्रहरी कार्यालयमा तारिखमा राख्नु विपक्षी प्रहरी हवलदारलाई अझ प्रोत्साहन दिनु र कानुनी राज्यको उपहास तथा विडम्बना पुर्ण बिषय भएको उनले गुनासो गरे ।

छलफलमा मैले बारम्बार ज्येष्ठ ५ गतेको सि.सि.क्यामेराको रेकर्ड निकालेर हेर्दा सबै घटना क्षर्लङ हुने आग्रह गर्दा समेत मेरो कुरालाई केही वास्ता नै नगरी म माथि अन्याय भएको पिडित सरार्फले  बताए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1526673
Today
Yesterday
This Week
Last Week
This Month
All days
69
1525
4262
1509570
12103
1526673

Your IP: 216.73.216.111
2025-06-14 17:56

Facebook Live Feed