news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज २९ फागुन  फागुन । संघिय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले पर्सा जिल्लाको विकाशका निम्ति पहिलो प्राथमिक्तामा राखेर आफुले काम गरीरहेको बताउनु भएको छ ।


सांसद पुर्वाधार विकाश साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालीका वडा नम्बर १५ भिस्वमा निर्माण हुन लागेको विवाह भवनको शिलान्यास गर्दै सांसद यादवले पर्सा जिल्लाको विकाशका लागी आफु कुनै कसर बाकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । सांसद यादवले निर्माण हुन लागेको विवाह भवनले यस क्षेत्रका जनताका लागी विवाह,पुजा लगाएत हरेक शुभ कार्यमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । विवाहका लागी ठुला ठुला होटेल बुक गर्दा विवाहमा लाग्ने ठुलो धन राशीको बचत हुने भएकाले यस विवाह भवनले यस क्षेत्रका जनताको लागी फाइदा जनक हुने बताउनु भयो । पर्सा जिल्लाको विकाशका लागी सबै राजनितिक दल तथा सबै तह तप्काका व्यक्तीहरुको सहयोग आवश्यक रहेको बताउनु भयो । पर्सा जिल्ला विकाश निर्माणको सवालमा धेरै पछि परेको बताउदै विभिन्न विकाश निर्माण कार्यको ठेक्का सकार गरेर समयमै काम नगर्ने ठेकदारलाई सम्बन्धीत निकायले दण्डित गरेर विकाश निर्माणको कार्यलाई तिब्र गतीमा अगाडी बढाउनु पर्ने कुरामा जोड दिनु भयो । विकाश निर्माणका माध्यमले आफनो संसदीय क्षेत्रका जनताहरु संग चुनावका बेला गरिएका बाचाहरु पुरा गर्दै गएकोमा खुशी व्यक्त गर्नु भयो । सांसद प्रदिप यादवको संसदीय विकाश पुर्वाधार कोषबाट २० लाखको लागतमा विवाह भवन निर्माण हुन लागेको हो । विवाह भवन शिलान्यास कार्यक्रममा संघिय समाजवादी फेरम नेपालका नेता,कार्यकर्ता तथा स्थानीयहरुको उल्लेखनिय उपस्थीती रहेको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513304
Today
Yesterday
This Week
Last Week
This Month
All days
31
338
2670
1501303
13659
1513304

Your IP: 216.73.216.30
2025-05-24 02:00

Facebook Live Feed