news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

जनकपुर ३० फागुन- मधेशका अधिकांश ठूला नेताको गृहजिल्ला रहेको सर्लाही जिल्लामा आज ‘राजा आउ, देश बचाऊ ।’ ‘हाम्रो राजा, हाम्रो देश, प्राण भन्दा प्यारो छ’ भनि नारा घन्किरहँदा धेरैको मनमा कुरा उठिरहेको होला कठै मधेश ।

मधेश भ्रमणका लागि हिजो जनकपुर हुँदै आज सर्लाही पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा जनता ओर्लिदा लाग्दैन्थ्यो कि देशमा राजतन्त्र समाप्त भएर गणतन्त्र आएको हो ।

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको तस्विर राखेर श्री ५ लेखेर सम्बोधन गरिएको ब्यानर जताततै झुण्ड्याइएको छ भने उनको स्वागतमा विभिन्न ठाउँ गरी १२ ठाउँमा प्रवेशद्धार नै बनाएको छ । सडकको दुईतिर उभिएर ‘राजा आउ, देश बचाउ नारा’ लगाउँदा राजतन्त्रको झझल्को दिइरहेको थियो ।

त्यहाँका स्थानीय पत्रकार मनोज यादव भन्छन्, ‘यतिको मान्छे उपस्थित हुन्छ भने लागेको थिएन, धेरै मान्छे त राजा ज्ञानेन्द्रलाई हेर्नका लागि पनि आएका थिए भने कतिपयले ब्यानर नै बोकेका थिए ।’

मलङ्गवाको भगवती मन्दिरमा उनी सात मिनेट पुजा गरेर उनी त्यहँको जानकी फ्यामिली एण्ड पार्टी प्यालेसमा विश्रामका लागि फर्केका छन् । त्यहाँ उनले विभिन्न राजनीतिक दलका नेता तथा समाजसेवीसँग भेटघाट पनि गरिरहेका छन् ।

सर्लाहीबाट उनी आजै जनकपुर फर्किने कार्यक्रम रहेको छ । जनकपुरबाट उनी उदयपुरको गाइघाट जानेछन् ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513347
Today
Yesterday
This Week
Last Week
This Month
All days
74
338
2713
1501303
13702
1513347

Your IP: 216.73.216.40
2025-05-24 02:36

Facebook Live Feed