news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

१३ मंसिर, काठमाडौं । प्रहरी र सेनाको नक्कली कागजात, पुलिस रिपोर्ट बनाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी) ले नेपाल प्रहरी र सेनाको नक्कली सिफारिसपत्र, नक्कली पुलिस रिपोर्ट, विभिन्न विद्यालय र क्याम्पसका शैक्षिक प्रमाणपत्रसहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ओखलढुंगा रानीवन गाउँपालिका– ७ का सविनकुमार तोलांगी, चितवन रत्ननगर नगरपालिका– १६ का अमृत सुर्खेती र धादिङको नीलकण्ठ नगरपालिका– ९ का मधुसुदन दवाडी रहेका छन् । बिहीबार पक्राउ परेका उनीहरुलाई सीआईबीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

सुर्खेती र दवाडी फोटो स्टुडियो सञ्चालक हुन् । सुर्खेतीले सिनामंगलमा स्टार डिजिटल फोटो स्टुडियो सञ्चालन गर्छन् भने दवाडीले बसुन्धरामा दुवाडी डिजिटल फोटो स्टुडियो सञ्चालन गरेका छन् । उनीहरुलाई फोटो स्टुडियोबाट नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

सुर्खेतीको साथबाट प्रहरीले सशस्त्र प्रहरी बलको विशेष कार्यदल गण हलचोकको स्पेसल टाक फोर्स, सुरक्षा तालिम, तालिम, हतियार तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिमको ४ वटा प्रमाणपत्र बरामद गरेको छ । त्यस्तै जोरपाटीको चामुन्डा माविको मार्कसिट, रिदी माविको चारित्रिक प्रमाणपत्र अस्फोडेल पब्लिक स्कुल, माइलस्टोन इन्टरनेशनल कलेजको शैक्षिक प्रमाणपत्र विभिन्न व्यक्तिको राहदानी नेपाली सेनाको सिफारिसपत्र बरामद गरेको छ ।

दवाडीको साथबाट पुलिस रिपोर्ट, प्लस टुको ट्रान्सकिप्ट, माइग्रेसन सर्टिफिकेट, शान्ति विद्यागृह विद्या गृह उच्च मावि लैनचौरको खाली सर्टिफिकेट बरामद गरेको छ ।

हाल सामाखुशी बस्ने ओखलढुंगाका तोलांगीलाई प्रहरीले गोंगबु टाउन प्लानिङबाट पक्राउ गरेको हो । उनको साथबाट महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र कालिमाटीको सिफारिस पत्र, महानगरीय प्रहरी वृत्तको खाली लेटरप्याड, जिल्ला प्रशासन कार्यालय लमजुङबाट जारी भएको नागरिकता, तनहुँबाट जारी भएको नागरिकता, आन्तरिक राजस्व कार्यालयको स्थायी लेखा नम्बरको प्रमाणपत्र बरामद गरेको सीआईबीले जाकारी दिएको छ ।

उनीहरुलाई लिखतसम्बन्धी कसूर मुद्दामा अनुसन्धान सुरु गरिएको बताए ।

onlinekhabar

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513023
Today
Yesterday
This Week
Last Week
This Month
All days
88
253
2389
1501303
13378
1513023

Your IP: 216.73.216.53
2025-05-23 04:27

Facebook Live Feed