बारा माघ २१ - जितपुरसिमरा स्थित दुगर ग्रुपको शाखामा मानवीयक्षति सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम संम्पन्न भएको छ ।प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराको आयोजना र दुगर ग्रुपका भॉऐस प्रिसिडेन्ट उपाध्यक्ष वेद प्रकाश शर्मा र एजिएम अजित मिश्राको बिशेष सहयोगमा यो कार्यक्रम्म सम्पान भएको छ ।
दुगर ग्रुपका कर्मचारीको उपस्तिथिमा प्रदेश २ का प्र. उ. श्याम कुमार महतोले ट्राफिक नियम तथा दुर्घटना सम्बन्धि कर्मचारी माझ राख्नु भएको थियो ।
प्र।उ।महतोको मुख्य उदेश्य अकालमा कसैको सवारी दुर्घटनामा मृत्यु न हुन् दिन हो ।दुर्घटना न हुन् दिन सवारीचालकले ट्राफिक नियम पालना गर्नु पर्ने,मापसे न गरि सवारी चलाउने,जथा भाबि सवारी पार्किङ्ग न गर्ने, हेलमेट जुटा अनिवार्य लगाउने समेत ट्राफिक नियम बताउनु भएका थिए भने हाल प्रतेक बर्ष ५०० जनाले सवारी दुर्घटनामा ज्यान गुमाई रहेका छन् सबै भन्दा दुर्घटना बारा र पर्सा मा ३८ प्रतिसतले बढेको तथ्यांक रहेको र हालरातिका समयमा बढी दुर्घटना हुने र ट्राफिक नियम पालना न गर्ने चालकलाइ ट्राफिकले समातेको खण्डमा कुनै हालतमा न छाडने समेत जानकारीगराउनु भएको छ ।
साथै दुगर ग्रुपका उपाध्यक्ष वेद प्रकाश शर्माले आफनो कर्मचारीलाई सवारी अनुमति पत्र रहेकोले मात्र सवारी चलाउने र कम्पनिको नाममा रहेको गाडि अन्य कुनै बाहिरिया ब्यक्ति तथा सवारी अनुमति प्रत्रनरहेको व्यक्तिलाइचलाउन न दिन समेत आग्रह गर्नु भएको छ । यस कार्यक्रममा बाराका प्रनि सुरेश थापा, पर्सा ट्राफिक प्रहरीका प्रनि रमेश पौडेलको उपस्थिति रहेको थियो ।