news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज १३ माघ। वीरगंजस्थित नेशनल मेडिकल कलेजका निर्देशक बसरुद्दीन अंसारीको घर अगाडि फेला परेको शंकास्पद वस्तु बम नै भएको पुष्टि भएको छ । वीरगंज ८ पानीट्याङकीस्थित घर अगाडि राखिएको बम नेपाली सेनाको टोलीले डिष्पोज गरेको छ ।

वीरगंजस्थित चण्डीप्रसाद गणको बम डिष्पोजल टोलीले बम डिष्पोज गरेको हो । चण्डीप्रसाद गणका गणपति कर्णेल मदनजंग राणाले नेकपाका नेता समेत रहेका अन्सारीको घर अगाडि राखिएको बस्तु बम नै भएको पुष्टि गरे । तर उनले कुन बम हाे भने भन्न नसकिने वताए ।

बमको बारेमा बढी जानकारी राख्ने दक्ष इन्जिनियर हेटौंडास्थित पृतनामा हुने भएकोले बरामद भएका समान थप अनुसन्धानका लागि हेटौंडा पठाउने तयारी भइरहेको उनले बताए ।

घर अगाडि शंकास्पद वस्तु देखेपछि अन्सारी परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले त्यस क्षेत्रमा सर्वसाधरणलाई आवतजावत गर्न रोक लगाएर सेनालाई खबर गरेको थियो । बम कसले र किन राखेकाे बिषयमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513888
Today
Yesterday
This Week
Last Week
This Month
All days
42
573
3254
1501303
14243
1513888

Your IP: 216.73.216.153
2025-05-25 01:58

Facebook Live Feed