news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

१२ माघ । बागमती प्रदेशको राजधानी हेटौंडातर्फ आउँदै गरेको बिरामी बोक्ने सरकारी एम्बुलेन्सले लागूऔषध गाँजा बोकेपछि प्रहरीको फन्दामा परेको छ ।

शनिवार साँझ करिब ७ बजे हेटौंडा–१९ नेवारपानीमा मनहरीबाट आउँदै गरेको बा. २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको एम्बुलेन्स रौतहटको डुमरिया स्वास्थ्य चौकीको हो ।

ईलाका प्रहरी कार्यालय नेवारपानी अगाडि पुर्व–पश्चिम लोकमार्गमा प्रहरी नायव निरिक्षक राजेश कुमार यादवको कमाण्डमा खटिएको टोलीले एम्बुलेन्समा जाँच गर्दा ३ वटा झोला भित्र ६ वटा पोका बनाइ ३० किलो ६०० ग्राम लागू औषध गाँजा भेटिएको थियो ।

प्रहरीले एम्बुलेन्स चालक रौतहट डुमरिया नगरपालिका वडा नं. ९ बस्ने ३९ वर्षीय महमद खलिद, एम्बुलेन्समा सवार डुमरिया नगरपालिकाका ४ नं. वडा घर भएका १९ वर्षीय अशोक कुमार, भारत बिहार मोतिहारी जिल्ला बसन्तपुर बस्ने २२ वर्षीय विनोद सहनीलाई गाँजा र एम्बुलेन्स सहित नियन्त्रणमा लिएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513886
Today
Yesterday
This Week
Last Week
This Month
All days
40
573
3252
1501303
14241
1513886

Your IP: 216.73.216.75
2025-05-25 01:56

Facebook Live Feed