news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज माघ ११ -चुनाव पछि त्रि बि को पढाई को साथ साथै भैतिक बिकास र युवा पुस्ता को राजनीति पश्र सबल हुने । र युवा पुस्ता को राजनीति मनोबल बा वृद्धि हुनेछ ।त्रिभुवन विश्वविद्यालले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने मिति तोकेको छ ।


त्रिवी सभाको बैठकले स्ववियु चुनाव सम्बन्धि आवश्यक प्रक्रिया एक महिना भित्र टुंगो लगाएर फागुन १४ मा निर्वाचन गर्ने निर्णय गरेको हो ।विगत एघार वर्षदेखि स्ववियु चुनाव हुन सकेको छैन् । यस अघि २०६५ सालमा मात्र स्ववियु चुनाव भएको थियो । लामो समयसम्म स्ववियु चुनाव नहुँदा विद्यार्थी राजनीति नै संकटमा परेको बहस सुरु भइराखेका बेला त्रिवीले चुनावको मिति तोकेको हो ।
स्ववियु निर्वाचनमा २८ वर्षीय उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ। त्रिभुवन विश्वविद्यालयका ६० वटा आंगिक र अन्य क्याम्पसमा चुनावको तयारी भइरहेको छ। नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी संगठनलगायत चुनाव प्रतिस्पर्धामा छन्।त्रिविले ११ वर्ष अघिदेखि हुन नसकेको करिब ४ सय आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा पनि सोही दिन निर्वाचन गर्ने गरी तयारी गरेको र २०७३ सालमा करिब २ सय ८० क्याम्पसमा मात्र निर्वाचन भएको थियो। तीमध्ये प्रदर्शनीमार्गको रत्नराज्य, पकनाजोलको पिपुल्स र टिकापुरको कैलाली बहुमुखी क्याम्पसमा चैतमा निर्वाचन भएको थियो।
‘अब ६१ आंगिकसहित करिब ८ सय सम्बन्धन प्राप्त क्याम्पसमा फागुन १४ गते नै निर्वाचन हुनेछ। २०७३ सालमा उपत्यकाका ९ र उपत्यकाबाहिरका १५ गरी २४ आंगिक क्याम्पसमा मतदान सम्पन्न गरेको छ।
त्यसबेला त्रिविले पहिलो पटक २८ वर्ष उमेर हद कायम गरी निर्वाचन गरेको थियो। उमेर हदको विवाद भएपछि उपत्यकाका केही क्याम्पसमा निर्वाचन स्थगित भएको थियो। यो वर्षको निर्वाचनमा २८ वर्ष उमेर हद बनाएर निर्वाचन गर्नेछ।
त्रिविले तयार गरेको प्रारम्भिक कार्यतालिकाअनुसार फागुन १ गते मतदाता सूची प्रकाशित गर्ने, २ गते दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने,४ गते प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयनपत्र वितरण गर्ने, ५ गते नामावली दाखिला गर्ने, ५ गते प्रत्यक्षतर्फको नामावली प्रकाशित गर्ने, ६ दाबी विरोधसहित अन्तिम समय दिने, ७ गते उम्मदवारी फिर्ता लिने र उम्मेदारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
सोसँगै १४ गते निर्वाचन गर्नेगरी प्रारम्भिक कार्यतालिकाको विषयमा छलफल गरी स्ववियुकाे निर्वाचन घोषणाले ने बि संघका बिद्यार्थी युवा नेता सुजित साह ले बताएका हुन ।

 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513901
Today
Yesterday
This Week
Last Week
This Month
All days
55
573
3267
1501303
14256
1513901

Your IP: 216.73.216.122
2025-05-25 03:44

Facebook Live Feed