news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

 

 फागुन १ -भोजपुरी  अब सरकारी कामकाजको भाषा बन्दैछ मधेसी आयोगका अध्यक्ष डाक्टर बिजय कुमार दत्तले बताउनुभयो । सरकारी कामकाजको भाषा भोजपुरी  पनि बन्छ र संघीय मुलुकमा सबै भाषा  जातिलाई सम्मान गरिने मधेशी आयोगका अध्यक्ष डाक्टर दत्तले बताउनुभएको छ ।


नेपालमा भोजपुरी भाषा तेस्रो स्थानमा रहेको र अधिकांश क्षेत्रमा यो भाषाभाषीहरु रहेको कुरा बल्ल थाहा पाएको उहाले बताउनु भयो ।
आजसम्म यस भाषाले राज्यको तर्फबाट स्थान पाउन नसक्नु दुर्भाग्य रहेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

भिन्सहरा सामाजिक संस्थाको आयोजना मर्चवारी गाउँपालिकाको प्रायोजनमा हालसालै सम्पन्न रुपन्देहीको मर्चवारको बिचौवापुरमा भोजपुरी सांस्कृतिक तथा साहित्यिक महोत्सव मा वहाँ प्रमुख अतिथिको रुपमा बोल्दै भोजपुरी भाषीहरुको रुपन्देहीमा वर्चस्व रहेको कुरा आफूलाई जानकारी भएकोमा खुशी ब्यक्त गर्नु भयो ।
आयोग गठन भएको  १२ महिना वितिसक्दापनि रुपन्देहीमा भोजपुरी भाषा समुदाय हरु रहेका छन् भन्ने कुराको जानकारी आजसम्म कसैले केन्द्रमा नगरेकोप्रति उहाँले खेद व्यक्त गर्नुभएको थियो । भोजपुरी ज्ञभाषीहरुको भाषा कला संस्कृति संस्कारप्रति आदर व्यक्त गर्दै उनीहरूको भाषा संस्कृति र लिपीको सम्बन्धमा आयोगले सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सबै मातृभाषाको साथमा सधै आयोग रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
सामाजिक रूपान्तरण,  जनसशक्तिकरण  र जनचेतनाको समस्याप्रति आयोग संवेदनशील रहेको समेत डा. दत्तले बताउनुभयो ।
भोजपुरी बिषयमा नेपाल सरकारलाई सिफारिस गर्ने समेत बताउँदै उहाँले  मर्चवारी गाउँपालिकाका अध्यक्षकै  चासोमा यस्ता कार्यक्रमको आयोजना गरेकोमा अध्यक्ष र यहाँका जनप्रतिनिधिलाई बधाई समेत दिनुभयो ।
अध्यक्षको आसनबाट बोल्दै मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनियाले हरेक क्षेत्रको नेतृत्वमा युवाहरूको सक्रियता  भएमात्र समाजले कोल्टो फेर्ने बताउनुभयो । मर्चवारी जनता र उनीहरूको संस्कृति संस्कार र कला प्रति गाउँ पालिकाले उच्च सम्मान व्यक्त गर्छ र यसको  बिकासको लागि गाउँपालिका कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यत्रो समय बितिसक्यो तर आजसम्म कसैले मर्चवारमा भोजपुरी भाषा कला संस्कृति र संस्कारको उत्थानप्रति चासो नदेखाएको भन्दै कार्यक्रमको सराहना गर्नुभयो । साथै आयोजक भिन्सहरा सामाजिक संस्था , र महोत्सव संयोजक भोजपुरी राष्ट्रिय साहित्यकार शिवनन्दन जयसवाल, सचिव अक्षय कुमार बनिया , रामप्रीत चौहान, शैलसुता मुराव, रीमा चौधरी , रमापति मुराव, रामजियावन यादव लगायतकालाई प्रमाणपत्र , माला र दोसल्ला अोढाई सम्मानित गर्नुभएको थियोे ।
मर्चवार नेपालको सुगम क्षेत्रभित्रको दुर्गम क्षेत्र हो । जनतामा एक किसिमको निरासा  भएको छ । यसको उत्थान र विकासका लागि कोही अघि तदारुकताका साथ नबढेको जस्ता कुराहरु बीचमा सुन्ने गरिएको पाइन्छ।

यसै बीचमा मर्चवारी गाउँपालिकाका अध्यक्ष आयोजक संस्था भिन्सहरा सामाजिक संस्थाकि अध्यक्ष परमशिला बनियालाई प्रमाणपत्र , माला र दोसल्ला अोढाई सम्मानित गर्नुभएको थियोे । निकै राम्रो र प्रशंसनीय काम गर्दै समाजमा नतीजा आउने काम गरेको छ भन्दै संस्थाको  गापा अध्यक्षले खुलेर प्रसंसा समेत गर्नुभयो । आफ्नो गाउँ पालिकामा भोजपुरी भाषीको बाहुल्यता रहेकोले अब जनताको  बुझ्ने भाषामा सरकारी कामकाज होस् भन्ने आफ्नो चाहना रहेको बताउनु भयो ।  अबको दिनमा  यस भाषालाई कार्यकारी भाषाको रूपमा मान्यता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भोजपुरी भाषालाई सरकारले पूर्ण सम्मान दिनुपर्ने माग समेत गापा अध्यक्षले गर्नु भयो ।
महोत्सव संयोजक तथा नेपाल का भोजपुरी राष्ट्रीय साहित्यकार शिव नन्दन जयसवालले भोजपुरीलाई चारवटा स अक्षरको माध्यमबाट सम्बोधन गर्न सकिने अवधारणा ल्याउनु भयो  । शिक्षा प्रणाली भोजपुरीमा शासनप्रणाली भोजपुरीमा संचार प्रणाली भोजपुरीमा र साहित्य प्रणाली लगायतका यी चारवटा स लाई लिखित प्रयोगको माध्यमबाट  भोजपुरीलाई सबैको लागि अझैैै सुलभ  र शक्तिशाली बनाउन सक्ने अवधारणा प्रति सबै संवेदनशील हुनुपर्ने र यसका लागि युवाहरु आफ्नो ठाउँबाट उठेर एक कदम अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

महोत्सव सम्पन्न भएपछि मर्चवार क्षेत्रका जन प्रतिनिधि ,नेता तथा जनमानसमा निकै हर्ष र उत्साहका साथ टोलटोलमा उक्त कार्यक्रम र आफ्ना भाषा संस्कृति कला संगीतको प्रशंसा,  चर्चा हुन थालेको छ ।

महोत्सवको आयोजना गर्ने भिन्सहरा समाजिक संस्था रुपन्देहीलाई प्रशंसा र बधाई दिनेहरूको ओइरो लाग्न थालेको छ । उक्त महोत्सवकै समाचार र विषयवस्तुलाई लिएर आज फेसबुकमा भाइरल समेत बन्दै गइरहेको छ  । देशविदेशका विभिन्न पत्रपत्रिकाले भोजपुरी महोत्सवको समाचारलाई उच्च प्राथमिकताका साथ  प्रकाशन गर्ने  क्रम जारी नै रहेको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513962
Today
Yesterday
This Week
Last Week
This Month
All days
116
573
3328
1501303
14317
1513962

Your IP: 216.73.216.181
2025-05-25 05:49

Facebook Live Feed