वीरगन्ज माघ २७ : नेपाली काँग्रेस निकट नेवि संघले अख्तियार विरुद्ध मसाल जुलुस प्रदर्शन गरेका छ ।ललिता निवासको जग्गा प्रकरणमा सरकारले नेकपाका नेतालाई उन्मुक्ति दिएको र अन्यलाई राजनीतिक प्रतिशोधका आधारमा बदनियतपूर्ण मुद्दा लगाई फसाएको भन्दै विरोध स्वरुप संघले वीरगन्जमा मसाल जुलुस प्रदर्शन गरेको हो ।
नेवि संघका केन्द्रिय सदस्य सुधिर पटेलको नेतृत्वमा नगरको विभिन्न क्षेत्रबाट एक साथ निकालिएको मसाल जुलुसलाई नियन्त्रणमा लिन पर्सा प्रहरी झडपको थियो । नेवि संघले अख्तियार तथा सरकार विरुद्ध नगरको पानमंडी, माईस्थान, महाविर स्थान, गोश्वारा रोड लगायतको विभिन्न ठाउँबाट एकसाथ मसाल जुलुस निकालेको थियो । जुलुसमा सहभागि विद्यार्थी नेताहरुले ओली सरकार र अख्तियार विरुद्ध चर्को नाराबाजी गरेका थिए । जुलुसलाई नियन्त्रणमा लिने क्रममा संघका केन्द्रिय सदस्य सुधिर पटेल र ठाराब विद्यार्थी नेता मुन्ना तिवारी,सरोज अन्सारी घाइते समेत भएका छन् । उनीहरुले लिएको मसाल प्रहरीले नियन्त्रणमा लिन खोज्दा नदिएपछि लाठी प्रहार गर्दा घाईते भएका पटेलले बताए । केहिलाई प्रहरीले नियन्त्रणमा लिए पनि विरोधको कार्यक्रम समापन पछि छोडेको छ । विरोधको क्रममा नेपाली काँग्रेसका जिल्ला उप सभापति राजु गुप्ता, प्रवेश सर्राफ, बच्चा सर्राफ, नेवि केस ब्रदी नारायण तिवारी, नेवि संघ जिल्ला उपाध्यक्ष विकेश पटेल, नेवि संघ महानगरपालिका अध्यक्ष विवेक कलवार, ठाराब नेता अब्दुल कयुम, प्रकाश रौनियार, समिर अंसारी, सरोज अंसारी लगायत सहभागिता थिए ।