news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

फाल्गुन २० मोरङ र सुनसरी — जिल्ला अदालत सुनसरीमा मंगलबार आत्मसमर्पण गरेका 'सिद्धबाबा' भनिने बराहक्षेत्र चतराका रामानन्दाचार्य सेवापिठका संरक्षक ४५ वर्षीय कृष्णबहादुर गिरी कारागार चलान भएका छन् ।

उच्च अदालतको आदेश अनुसार तत्कालै झुम्कास्थित क्षेत्रीय कारागार चलान गरिएको जिल्ला सरकारी वकिलको कार्यालयका सरकारी वकिल गोकुल निरौलाले बताए । उनले भने, ‘सिद्धबाबा आज (मंगलबार) करिब ११ बजे साधुसन्तको जमात लिएर आएका थिए । तत्कालै झुम्का कारागार पठाइएको छ ।’ गिरी उच्च अदालतले माघ १९ गते थुनामा राखेर थप कारबाही अगाडि बढाउन आदेश दिएकै दिन जोगवनी नाका भएर भारततर्फ भागेका थिए । फरार भएको एक महिनापछि गिरीले सुनसरी जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् ।


एक महिला अनुयायीले आफूलाई सिद्धबाबाले दीक्षा दिने बहानामा कात्तिक ४ गते राति बलात्कार गरेको उजुरी दिएकी थिइन् । त्यस पछि उनी पक्राउ परेका थिए । उजुरीउपर सुनसरी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीले तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि पीडित महिला उच्च अदालत पुगेकी थिइन् । उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गरी थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न अर्को आदेश दिएको थियो । तर उनी उच्च अदालतको आदेश जारी हुन अगाडि नै फरार भएका थिए ।

पीडित पक्षले गिरी फरार नभएर भगाइएको आरोप लगाउँदै आएको थियो । गिरी थुनामै रहेर सर्वोच्च अदालतमा जाने सम्भावना छ । पीडित पक्षले पनि आफूहरु पनि सर्वोच्चमा पनि जाने बताउँदै आएको छ । सोलुको जुबुमा जन्मेका गिरीले आफूलाई महायोगी सिद्धबाबा, अनन्त श्री, जगद्गुरु, आयुर्वेदका ज्ञाता र विद्यावारिधी गरेको बताउँदै आएका छन् । उनले सुनसरी मोरङ सिँचाई आयोजना स्वामित्वमा रहेका बराहक्षेत्रको चतराको १३ विघा जग्गा कब्जा गरेर ८ करोड लागतको १२८ कोठे भवन निर्माण गरेका छन् ।

आत्मसमर्पण गर्दै सिद्धबाबा भनिने कृष्ण बहादुर गिरी । तस्बिर : कान्तिपुर
...............

अनुयायी महिला बलात्कार गरेको अभियोग लागेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीले अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । उनी मंगलबार जिल्ला अदालत सुनसरीमा उपस्थित भएको डिएसपी विनोद शर्माले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले गिरीलाई मंगलबार नै कारागार चलान गर्ने तयारी गरेको डिएसपी शर्माले बताए।
विराटनगर उच्च अदालतले गिरीलाई गत माघ ९ गते पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।सुनसरीको बराहक्षेत्र चतरास्थित रामानन्दाचार्य सेवापीठका संरक्षक गिरी अदालतमा सुनुवाइ चल्दै गर्दा आश्रम छाडेर भारततर्फ फरार भएका थिए।
ekantipur
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513996
Today
Yesterday
This Week
Last Week
This Month
All days
150
573
3362
1501303
14351
1513996

Your IP: 216.73.216.222
2025-05-25 07:43

Facebook Live Feed