बिरगंज फागुन २० - बिरगंजको उधोग बाणिज्य संघ पर्साको सभा गृहमा नव उधमी हाट बजार बस्तु र सेवा प्रदर्सनी एक दिने सम्पन्न भएको छ । अन्तर प्रेना,बिरगंज उधोग बाणिज्य संघ र बिरगंज पब्लिक कलेजको आयोजनामा यो कर्यक्रम सम्पन्न भएको छ ।
यस कार्यक्रमको मुख्य उदेस्य नया व्यापार गर्ने उधमीहरुलाइ आफनो उत्पादन बजारमा ब्यबस्थापन गर्ने र आफनै देशको उत्पादन नेपाल भरि बिकाश गर्ने उदेस्यले यो कार्यक्रमको आयोजना गरिएको हो । ओमेन स्किल, प्रेमा प्रोजेकट एण्ड मार्ट,सखी,प्रगतिशिल महिला कृषक समुह,नेपाल कंक्रिट उधोग, सर्भोटेक इन्भटर लागायत १५ जना उधोगीहरुले भागलिएका थिए । बिरगंज पब्लिक कलेजका बिधार्थीहरुले पुन प्रयोग हुने सेनेटरी प्याड बनाएका छन् जसले मध्य बर्गीय हरुलाई खर्च बाट जोगाउन र बातावरण प्रदुषण हुन् बाट जोगाउने छ भने बिभिन्न तरकारी र फल फुलको बोक्रालाइ प्रसोधन गरि झोला बनाउने प्रबिधि ल्याएका छन् जुन झोला १५ दिन भित्र गल्ने र बातावरण प्रदुष्ण हुन् न दिने बिधार्थीहरुले जानकारी गराएका छन् ।यस प्रदर्शनीलाइ अवलोकन गर्न हजारौको संख्यामा ब्यापारी,बिधार्थी तथा उपभोगताको उपस्तिथी रहेको थियो ।