२१ फागुन,पर्सा । डिभिजन वन कार्यालय पर्सा अन्तर्गतको राष्ट्रिय वन क्षेत्रमा बुधबार एउटा पाटेबाघ मृत अवस्थामा फेला परेको छ ।
जिराभवानी गाउँपालिकामा रहेको सवडिभिजन वन कार्यलय वसन्तपुरदेखि करिब ७ सय मिटर उत्तरको वन क्षेत्रमा पाटेबाघ मृत अवस्थामा फेला परेको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले जानकारी दिए ।