news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बारा फागुन २५ -बाराका पत्रकार वीरेन्द्र साहको हत्याका प्रमुख अभिमुक्तलाई १२ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराले कुन्दन फौजदार भनिने ४५ वर्षीय नरेन्द्र फौजदारलाईआइतवार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

फरार रहँदै आएका बारागढी गाँउपालिका-६ गढहलका फौजदारलाई प्रहरीले आइतवार बिहान २ बजे उनकै गाउँबाट पक्राउ गरिएको जनाएको छ।

उनलाई नियन्त्रणमा लिने क्रममा स्थानीयवासीले अवरोध गरेपछि हावामा गोली हान्नुपरेको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।

फौजदारसम्बन्धी मुद्दा मुल्तबीमा रहेकाले उनलाई अदालतमा बुझाइने बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।

यसै घटनामा संलग्न जितपुर-सिमरा उपमहानगरपालिका-२० बसडिलवाका मेनेजर गिरी ११ वर्ष जेल सजाय भुक्तान गरी गत वर्ष छुटेका थिए।

रामएकबाल सहनी १० वर्षदेखि वीरगन्ज कारागारमा कैद सजाय भुक्तान गरिरहेको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक पंगेनीका अनुसार साहको हत्यामा संलग्न मुख्य योजनाकारमध्येका लालबहादुर चौधरी र इनर्वा मझरियाका हरेराम पटेल अझै फरार छन्।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513966
Today
Yesterday
This Week
Last Week
This Month
All days
120
573
3332
1501303
14321
1513966

Your IP: 216.73.216.121
2025-05-25 06:00

Facebook Live Feed