वीरगंज, २५ फागुन ।
वीरगंज महानगरपालिका वडा न.११ मा अवस्थित अन्नापुर्ण ट्रेड सप्लायर्स कृषि बिकास बैंक लिमिटेडको क्युआर कोड ( स्काईनिङ पेमेन्ट) अन्तर्गत कारोवार गर्ने प्रदेश न.२ कै पहिलो र नेपाल भरीमा दोस्रो स्थान हासिल गरेको छ ।
कृषि बिकास बैंक लिमिटेड वीरगंज शाखामा कारोबार गर्दै आईरहनु भएको अन्नापुर्ण ट्रेड सप्लायर्सका प्रोप्राईटर महमुद अन्सारीले सो बैंकबाट क्युआर कोड मार्फत कारोवार गर्ने २ नम्बर प्रदेशको पहिलो र नेपाल भरी दोस्रो हुनु भएको कृषि विकास बैंक बिरगंज शाखाका प्रबन्धक कोमल प्रसाद सिटौलाले बताउनु भएको हो । सिटौलाले हाम्रो शाखाको ग्राहक महमुद अन्सारीले थोरै समयमा नै त्तच् ऋइम्भ् मार्फत कारोबार गर्ने पहिलो ग्राहक भएकोमा खुशी व्यक्त गर्दै अंसारीलाई बधाई समेत दिएका थिए । सिटौला बिरगंज शाखामा आएदेखि नै छोटो समय मै ग्राहकको बिश्वास जित्न सफल भएको, बैंकमा छिटोछरितो काम हुने, सबैसंग मिलेर अगाडि बढने प्रबन्धकको रुपमा चिनिनु भएको एक ग्राहकवर्गले बताए । त्यसैगरी सिटौलाले सम्पुर्ण ग्राहकहरुलाई यस बैंकमा आफ्नो कारोवार क्युआर कोड मार्फत गर्न समेत आग्रह गर्नु भएको थियो ।