चैत्र ८ - देश विदेशमा कोरोना वाइरसले जुधीरहेको अवस्था छ तर हाम्रो देशमा यस रोगलाई रोकथाम गर्न कुनै किसिमको व्यवस्था नगरेको अवस्था छ। एउटा तीन रूपैया जाने माक्स नेपाल सरकार निशुल्क वितरण गरेको छैन यस्तो अवस्थामा कसरी यो रोगलाई नियंत्रण गर्न सक्छ नेपाल सरकार ले ।
प्रधानमंत्री केपी ओली ज्यूको देशवासीहरूको संम्बोधनले कुरा सम्म सिमीत देखियो स्वास्थ्य जाच सम्बन्धी कुनै तैयारी देखेको छैन। जहा सम्म कुरा हेर्ने हो भने दुई नम्बर प्रदेशका कुरा लियौ यहाँ कोरोना वाइरसलाई नियंत्रण गर्न प्रदेश सरकारको पनि कुनै तैयारी छैन । मधेशको नाकामा जांच बुझ नै नगरी आवत जावत जारी नै छ यस्तो अवस्था प्रदेश सरकारको कुनै कर्तब्य हुदैन कि जनताको स्वास्थ्यलाई मध्य नजर राखी यस महामारी आएको अवस्थामा सुरक्षा अपनाउ खाली सता र भता सम्म सिमीत देखियो दुई नम्बर प्रदेश सरकार । अपना काम बनता भाड मे जाये जनता को उखान जस्तै भयो दुई नम्बर प्रदेश र केन्द्र सरकार आम आदमी पार्टी नेपालको केन्द्रिय अध्यक्ष अशोक कुमार यादब को भनाइ रहेको छ ।खुल्ला सिमा नाकाबाट खुल्याम कोरोन लागेका ब्यक्ति छिर्न सकने अवस्था छ यस लाइ न स्थानीय निकायको पहल छ न प्रदेश सरकारको । बिरगंजका घण्टाघर स्थित तरकारी बजारमा भारतीय तरकारी ब्यापारी भरि भराउछ सरकार ले २५ जना भन्दा बढीको भिर न गर्ने भनिने यो भिर भार किन न रोक्न सकिएको हो ।