news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

काठमाडौंचैत्र ८ : शनिवार बिहानदेखि नै सामाजिक सञ्जालमा कोरोना सम्बन्धी एउटा सूचना भाइरल भयो। केही अडियो समेत सार्वजनिक भयो। सुचना आज राति ( शनिवार) कोरोना भाइरसको संक्रमण रोक्न हेलिकप्टरबाट किटनाशक औषधि छर्कने भन्ने थियो।

धेरैले सूचनालाई सत्य समेत मान्दै शेयर गरेको पाइयो। तर, नेपाली सेनाले यसबारे कहीँकतै औपचारिक जानकारी दिएको पाइएन। अन्ततः यो सूचना गलत भएको पुष्टि भएको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सूचना गलत भएको जानकारी दिए।

'यो अफवाह हो। यस्तोको पछाडि नलाग्नुहोला,' पाण्डेले भने।

त्यस्तै, आज मात्र प्रहरीले कोरोनाबारे सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय साइबर व्यूरोको टोलीले रामेछाप घर भएका २० वर्षीय विवेक थापालाई नियन्त्रणमा लिएको हो।

थापाले सामाजिक सञ्जाल फेसबुकको मेसेन्जरबाट भाइरल भएको उक्त अडियोमा नर्भिक अस्पतालमा ९ जनालाई चेक गर्दा ६ जनालाई कोरोना भाइरस देखिएको उल्लेख छ। अडियोले जबर्जस्ती नेपालमा कोरोना भाइरस फैलिसकेको भन्दै आतंक सिर्जना खोजेको छ।

प्रहरीले विपद्को समयमा गलत सुचना र अफहवा फैलाउने व्यक्तिलाई निगरानी राखेको जानकारी दिएको छ। 'अफवाह फैलाउने मानिसलाई हामी कानुनको दायरमा ल्याउँछौं। त्यसैले कसैले पनि गलत कुरा नलेख्ने गर्नु होला,' नेपाल प्रहरीका प्रवक्ता डिआइजी शैलेस थापा क्षेत्रीले भने।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-२ ‘सार्वजनिक शान्ति विरुद्धका कसूर’ मा झुट्ठा अफवाह फैलाउन नहुने उल्लेख गरिएको छ। यस्तो गरिएमा एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ व्यवस्था छ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514002
Today
Yesterday
This Week
Last Week
This Month
All days
156
573
3368
1501303
14357
1514002

Your IP: 216.73.216.210
2025-05-25 08:10

Facebook Live Feed