news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज ९ चैत । भारतमा कोरोना भाइरसको संक्रमणबाट जोगिन त्यहाँको सरकारले आइतबार आह्वान गरेको जनता कर्फ्यूको प्रत्यक्ष असर वीरगन्ज नाकामा  परेको छ । 

 कोरोना भाइरस फैलिन नदिन भन्दै भारत सरकारले आइतबार आफ्नो देशमा जनता कर्फ्यू लगाएर रक्सौल वीरगन्ज नाका पनि पूर्ण रुपमा बन्द हुँदा त्यसको प्रत्यक्ष असर वीरगन्ज नाकामा पनि परेको हो ।

भारतमा तीब्र गतिमा बढ्दै गइरहेको कोरोनाको संक्रमणसँग जुध्ने भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतबार भारतमा जनता कर्फ्यू लगाइएको हो । आइतबार बिहान ७ देखि राती ९ बजेसम्म घर बाहिर ननिस्कन त्यहाँको सरकारले जनतामा अपिल गरेको छ ।

योसँगै भारतले नेपालसँग जोडिएका नाका पनि बन्द गरेका कारण त्यसको प्रत्यक्ष असर नेपालको मुख्य नाका वीरगन्जमा पनि परेको हो।  जनता कर्फ्यूमा भारतले नाका बन्द गरेका कारण रक्सौल वीररगन्ज नाका आइतबार बिहानैदेखि ठप्प छ । वीरगन्जबाट भारतको रक्सौल जाने पैदल यात्री र सवारीसाधानलाई भारतीय सुरक्षाकर्मीले दशगजा क्षेत्रमा रहेको मितेरीपुलबाटै फर्काइ दिने गरेका छन् ।

रक्सौलबाट फाट्टफुट्ट संख्यामा नेपालतर्फ आउने खोज्ने भारतीयलाई पनि भारतीय सुरक्षाकर्मीले मितेरीपुलमै रोकीरहेका छन् । जसका कारण दिनहुँ १० हजार भन्दा बढी मानिस र करिब २ हजार भन्दा बढी सवारीसाधन आउजाउ हुने वीरगन्ज नाका बिहान ५ बजे देखि नै सुनसान भएको हो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513985
Today
Yesterday
This Week
Last Week
This Month
All days
139
573
3351
1501303
14340
1513985

Your IP: 216.73.216.72
2025-05-25 06:58

Facebook Live Feed