वीरगंज ९ चैत । संघिय सांसद प्रदिप यादवले आज वीरगंजमा सर्जिकल माक्स र सेनिटाइजर वितरण गरेका छन् । वीरगंजको माइस्थान तथा घण्टाघर क्षेत्रका फुटपाथका व्यपारीहरुलाई सांसद यादवले माक्स र सेनिटाइजर वितरण गरेका हुन् ।
कोरोना भाइरसबाट बाच्न माक्स प्रयोग गर्न र सामान खरिद, बक्री गर्दा, पैसा लिदा वा फिर्ता गर्दा सेनिटाइरजरको प्रयोग गर्न भन्दै माक्स र सेनिटाइजर वितरण गरिएको सांसद यादवले वताए ।
फुटपाथ व्यपारीहरु कंहा नै पुगी सांसद यादप माक्स लगाइदिनुको साथै सेनिटाइजर दिएका थिए । बजारमा सर्जिक माक्सको हहाकार र सेनिटाइजरको अभाव भइरहेको बेला सांसद यादवको माक्स तथा सेनिटाइजर वितरणले व्यारीहरुलाई केही राहत भएको छ । विभिन्न समुह बनाई दुई हजार एक हजार पांच सय सर्जिक माक्स र ५ सय सेनिटाइजर वितरण गरिएको सांसद यादवका स्वकिय सचिव निघिल बर्णवालले वताए ।
माक्स तथा सेनिटाइजर वितरण कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका संयोजक नेक महमद अंसारी, प्रदेश सांसद जन्नत अंसारी, समाजवादी पार्टीका जिल्ला सचिव तबरेज अहमद, वीरगंजम हानगर अध्यक्ष इशवर यादव लगायतको सहभागिता रहेको थियो ।