बिरगंज चैत्र १७ - बिरगंज महानगरपालिकाको सहयोगमा वीरगंज बसपार्कमा अलपत्र परेका चालक, सहचालकसमेत केही यात्रुलाई तीन दिन देखी दुबै छाक खानाको ब्यवस्था गरिएको छ ।
बसपार्क सञ्चालक कम्पनी पृथ्बी तारा , एनके इन्टरनेशनलले दिवा तथा रात्रि भोजनको व्यवस्थापन शुरू गरेको छ।
शुक्रवारदेखि बसपार्कमा अलपत्र परेका चालक, सहचालक र यात्रीहरू गरी प्रति छाक करिव १ सय भन्दा बढी लाई दिवा र रात्रि खानाको व्यवस्था गरिएको एनके इन्टरनेशनलका प्रबन्ध निर्देशक केशव नेपाल र पर्यवेक्षक छोटेलाल प्रसाद कुसवाहाले बताउनु भयो।
लकडाउनपछि वीरगंज बसपार्कमा थन्किएका चालक, सहचालकहरूसँग मालिकको सम्पर्क विच्छेद भएको, बारम्बार सम्पर्क गर्दा मालिकहरूको मोबाइल स्वीच अफ रहेको र वीरगंज बसपार्कमा बस्नुपर्दा उनीहरूसँग खर्च नभएको र होटलहरू पनि बन्द भएको बेलामा महानगरले भोजन ब्यवस्थापनको जिम्मा दिएकोले आफूहरुले त्यो ब्यवस्था मिलाएको नेपालले बताउनु भएको छ। खाना खुवाउदा नियमानुसार ३ फिटको दुरीमा राखी खाना खुवाउने गरेका छन् ।