news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

काठमाडौँ  चैत्र १६— भारत या तेस्रो मुलुकबाट आएर क्‍वारेन्टाइनमा बस्न नमान्ने र लकडाउनका बेला कामै नपरी सडकमा लखरलखर हिँड्‍नेलाई सरकारले कडा कारबाही गर्ने भएको छ । 

आइतबार बसेको कोभिड–१९ रोग संक्रमण तथा रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले लकडाउन झन् कडा पार्ने निर्णय गरेको हो। बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवम् समिति सदस्य सचिव नारायणप्रसाद बिडारीले क्‍वारेन्टाइनमा बस्न नमान्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने बताए। ‘क्‍वारेन्टाइनमा बस्न इन्कार गर्ने, क्‍वारेन्टाइनमा बस्न नमान्ने या लुकेर गाउँघरमा बस्ने, जति सम्पर्क गर्दा पनि कन्ट्याक्टमा नआउने भइरहेको छ,’ बिडारीले भने,‘यो खालको प्रवृत्तिलाई संक्रमण रोग ऐनबमोजिम कडाइका साथ कारबाही गर्ने निर्णय भएको छ र यसलाईगृहप्रशासनले कारबाही अगाडि बढाउँछ।’

 

ऐनमा आदेश अपहेलना गर्ने व्यक्तिलाई एक सय रूपैयाँ जरिवानादेखि १ महिनासम्म कैद र अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्‍याउनेलाई ६ महिना कैद, ६ सय रूपैयाँ जरिवा या दुवै हुन सक्ने व्यवस्था छ। कुन कारबाही गर्ने भन्ने निर्धारण प्रमुख जिल्ला अधिकारीको तजबिजमा हुने व्यवस्था ऐनमा छ। बैठकले दिनभरी ड्युटी गरेर साँझ घर फर्किने सुरक्षाकर्मीलाई घरबेटीले दु:ख दिने गरेको रिपोर्ट आएको भन्दै त्यसो नगर्न घरबेटीहरूलाई सचेत पनि गराएको छ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514168
Today
Yesterday
This Week
Last Week
This Month
All days
322
573
3534
1501303
14523
1514168

Your IP: 216.73.216.19
2025-05-25 11:51

Facebook Live Feed