news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

राजविराज, १७ चैत्र । सरकारले आह्वान गरेको ‘लकडाउन’ उल्लंघन गरेको आरोपमा सप्तरीको बलान विहुल गाउँपालिकाका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी बलका प्रहरी जवानलाई कारवाही थालिएको छ ।


सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टीबाट खटिएका प्रहरी जवान मनोजकुमार चौधरीले वडा नम्वर ३ मौवाहाका २४ वर्षीय चन्दर यादव र २६ वर्षीय हरेकृष्ण साहलाई निर्घात कुटपिट गरेको आइतवार भिडियो सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा भिडियो भाइरल भएसँगै प्रहरी जवान चौधरीलाई सोमवार सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय राजविराज तानिएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरीक्षक उद्धव न्यौपानेले न्यूज टुडेलाई जानकारी दिएका छन । ‘उहाँहरुलाई मालसमान वारपार गर्ने क्रममा यसअघि पनि ३ पटकसम्म सचेत गराईसकेको थियो’ उनले भने–‘तर पनि उहाँहरुले अहिलेको अवस्थालाई गम्भिर रुपमा लिएको देखिएन, तथापी घटनाबारे थप अनुसन्धान भईरहेको छ।’
उता, कुटपिटबाट गम्भिर चोट लागेका दुवै युवकलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार पश्चात घर फर्काइएको बलान विहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले बताए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514262
Today
Yesterday
This Week
Last Week
This Month
All days
416
573
3628
1501303
14617
1514262

Your IP: 216.73.216.59
2025-05-25 16:44

Facebook Live Feed