बिरगंज चैत्र १७ - विश्वव्यापी रुपमा फैलिएको COVID-19 (कोरोना भाइरस) को महामारी दिनदिनै बढदै गइरहेको अवस्थामा,
उक्त महामारी नियन्त्रणको लागी नेपाल सरकारको मन्त्री परिषदबाट भएको निर्णयानुसार लागु गरिएको लक डाउनको समयमा बिभिन्न स्थान घर भई जिल्ला प्रहरी कार्यालय पर्साको वडा एरिया अन्तर्गतमा रही घर जान नपाई अलपत्र अबस्थामा रहेका झापा, तेह्रथुम, सुर्खेत र कैलाली लगायत जिल्लाहरुका ४६ जना मानिसहरुलाई जिल्ला प्रशासन कार्यालय पर्सा संग संमवन्य गरी पास तथा सवारी साधनको व्यवस्था मिलाई ना.४.ख.६१४९ नं.को बस र ना.१.ज.६०७९ नं.को माईक्रो बस गाडीमा निजहरुको गन्तव्य तर्फ पठाइएको छ ।