काठमाडौँ चैत १८। पूर्व राजा ज्ञानेन्द्रले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दुई करोड रुपैयाँ दिएकाे जानकारी दिनुभएकाे छ ।
पूर्वराजपरिवार आबद्ध हिमानी कोषमार्फत पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँको परिवारकाे तर्फबाट सरकारलाई सहयोग गरेकाे जानकारी दिनुभएकाे हाे । मंगलबार मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै उहाँले ज्यानको परबाह नगरी खट्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी सेना प्रहरीलगायत सबै सुरक्षाकर्मीप्रति आभार पनि प्रकट गर्नुभएकाे छ ।