news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज, चैत्र २० – कोरोना भाइरसको संक्रमण फैलिएको भनिएको नयाँदिल्लीस्थित बंगलेवाले मस्जिदको धार्मिक सभामा सहभागी भएको आशंकामा १३ जना मौलवीलाई नियन्त्रणमा लिइएको छ।

उनीहरूलाई प्रहरीले पतेर्वा सुगौली गाउँपालिकाको कंचनपुर टोलबाट नियन्त्रणमा लिएको हो।

गाऊँमा ओहोरोदोहोर गरेपछि गाउँलेहरूले उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले बताएकी छन्।

स्थानीयहरूले उनीहरू बंगलेवाले मस्जिदको धार्मिक सभामा सहभागी भएको आशंकामा समातेर प्रहरीलाई खबर गरेका थिए।

यसरी पक्राउ पर्नेहरूमा रौतहटका ११ र पर्सा जिल्लाका दुई जना मौलवी रहेका छन्।

हाल उनीहरूलाई वीरगन्जको महानगरपालिका वाड नम्बर १३ सिद्धार्थ माध्यामिक विद्यालयमा क्वारेन्टाइन राखिएको छ। उनीहरू सबैको स्वास्थ्य परीक्षण हुनेछ।

यसका साथै प्रहरीले उनीहरू दिल्लीको सो धार्मिक सभामा गए-नगएको अनुसन्धान गर्ने जनाएको छ।

source -yatradaily 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514182
Today
Yesterday
This Week
Last Week
This Month
All days
336
573
3548
1501303
14537
1514182

Your IP: 216.73.216.84
2025-05-25 12:24

Facebook Live Feed