news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज चैत्र १९ - संघीय तथा प्रदेश सरकारले वेवास्ता गरेपनि २० घन्टामा २० बेडको आइसोलेशन वार्ड बनाउने कार्यमा सांसद प्रदिप यादव लगेका छन् । बुधबार बिहानदेखि केन्द्रिय अस्पतालको रुपमा रहेको नारायणी अस्पतालमा आइसोलेशन वार्ड बनाउने कार्यमा उनी जुटेका हुन्।

जग्गदम्बा ग्रुपमा संचालक राजेश अग्रवाल र रुगंटावेल फेयरका आर्थिक सहयोगमा लगभग १० लाखको लागतमा २० बेडको आइसोलेशन वार्ड स्थापना गरिन लागिएको हो।

सर्लाहीदेखि पर्सा जिल्लासम्मको रोगीहरुको चाप रहेको अस्पतालमा मात्र ५ बेडको आइसोलेशन वार्डले धान्न नसकपछि क्षमता बढाउन लागिएको सांसद यादवले जानकारी दिए।

‘दुबै सरकारले वीरगञ्जलाई बेवास्ता गरेपछि जनताको ज्यान बचाउन उधोगी व्यापारीहरुको अगाडि हात फैलाएको छु,’उनले भने,‘उहाँहरुको आर्थिक सहयोगमा २४ घन्टा भित्र यो आइसोलेश वार्ड जसरीपनि तयार गरिनेछ।’ यसपछि कारोना रोगको चेकजाँचको लागि शुक्रबारदेखि तयारीमा जुटने उनले बिएल नेपाली सेवालाई जानकारी दिए।

अस्पतालका मेडिकल सुपरिटेन्ड मदन उपाध्यायले निजि अस्पतालहरुले ज्वरोका बिरामीको उपचार गर्न रोक लगाएपछि चाप बढेको बताए । ‘भारतको लखनउबाट आएका ठोरी नगरपालिकाका २ मा ज्वरो र खोकी देखिएपछि आइसोलशनमा राखिएको छ,’उनले भने,‘वीरगञ्जमा पनि कारोना चेकजाँचको लागि आवश्यक उपकरणहरुको आवश्यकता छ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514173
Today
Yesterday
This Week
Last Week
This Month
All days
327
573
3539
1501303
14528
1514173

Your IP: 216.73.216.239
2025-05-25 12:05

Facebook Live Feed