news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

२७ चैत्र, कैलाली । दुबईबाट भारतको नयाँ दिल्ली हुँदै नेपाल आएका युवकलाई चैत्र ८ गते धनगढी पुगेलगत्तै स्वास्थ समस्या भयो । ११ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका उनलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमित भएको १४ गते पुष्टि भयो ।

सुदूरपश्चिम प्रदेशमा कोरोना पुष्टि भएका चारजनामध्ये स्वास्थ्यमा समस्या आएर आफैँ अस्पताल पुग्ने उनी एक्ला हुन् । बाँकी तीन जनामा भने कुनै लक्षण नदेखिँदा नै कोरोना संक्रमण भएको पाइयो । कैलाली, चुँहाका २१ वर्षीय र कञ्चनपुर, बेतकोटका ४१ वर्षीय युवकमा त अझ कोरोना पुष्टि भएको पाँच दिनसम्म पनि कुनै लक्षण देखिएको छैन ।

चुँहाका युवक कैलालीको गौरिफन्टा र बेतकोटका युवक कञ्चनपुरको गड्डाचौकी नाकाबाट चैत ११ गते भिडसँगै स्वदेश पसेको थिए । दुबैजना सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा छन् ।

सुदूरपश्चिम प्रदेशमा कोरोना पुष्टि भएका चौथो व्यक्ति धनगढीकी महिला हुन् । उनलाई नेपालमा पहिलो पटक स्थानीय रुपमा संक्रमण भएको हो । दुबईबाट नयाँ दिल्ली हुँदै नेपाल आएका संक्रमितका भाउजू हुन्, उनी ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि परिवारका सबैलाई धनगढी रंगशालामा तयार गरिएको क्वारेन्टाइनमा राखिएको थियो । स्वाब परीक्षण गर्दा भाउजूमा संक्रमण देखियो । तर, पोजेटिभ रिर्पाेट आएको पाँचदिनमा उनमा पनि कोराना संक्रमणको लक्षण नदेखिएको उपचारमा खटिएका चिकित्सकहरु बताउँछन् ।

संक्रमित बढ्न सक्ने संकेत

चिकित्सकहरुले संक्रमितमा लक्षण नदेखिनुलाई संक्रमण दर बढ्ने संकेतको रुपमा लिएका छन् । ‘पहिलो संक्रमितमा मात्र केही लक्षण देखिएको छ’, सेती अस्पतालका वरिष्ठ फिजिसियन शेरबहादुर कमर भन्छन्, ‘अरुमा लक्षण नदेखिनुले कोरोना संक्रमण दर बढ्नसक्ने देखाउँछ ।’

धनगढीकी महिलाको संक्रमणलाई ‘स्थानीय रुपमा भएको संक्रमण’ भनिएको छ । यसबाट नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा पुगेको मानिएको छ ।

यस्तो अवस्थामा शंकास्पद बिरामीमा लक्षण नदेखिनुलाई चिकित्सकहरुले खतराको रुपमा औंल्याएका छन् । डा. कमरका अनुसार यस्तो हुँदा संक्रमितलाई पहिचान गर्न गाह्रो हुन्छ । ‘संक्रमितमा नै नदेखिएको लक्षण उनीहरुको सम्पर्कमा आएकाहरुमा देखिएला भन्ने भएन’, उनले भने, ‘लक्षण देखिएन भन्दैमा संक्रमित छैन भन्ने अवस्था रहेन ।’

त्यसैले अब कोरोना परिक्षणको दायरा बढाउनुको विकल्प नरहेको उनले बताए । ‘यो भाइरस एक जनाबाट दुई जनामा, दुई जनाबाट चार जनामा सर्नसक्छ’ डा. कमरले भने, ‘त्यसैले अब धेरैभन्दा धेरैको परीक्षण हुन पर्‍यो ।’

फेरि, पहिलो परीक्षणमा संक्रमित व्यक्तिमा पनि संक्रमण नदेखिन सक्ने उनी बताउँछन् । उनका अनुसार, कुनै व्यक्तिमा कोरोना संक्रमण भएको छ भने पनि पहिलो परिक्षणमा ४०-५० प्रतिशत मात्र पत्ता लाग्नेहुन्छ । ‘५० प्रतिशतमा त कोरोना भएपनि नदेखिन सक्छ’, उनी भन्छन्, ‘दोस्रो परीक्षणमा भाइरस  देखिने दर ८० प्रतिशत हुन्छ ।’

‘अवस्था भयावह हुनसक्छ’

सेती अस्पतालमा संक्रमितको उपचारमा खटिएका अर्का वरिष्ठ फिजिसियन निराजनदत्त शर्मा लक्षण नदेखिँदा कोरोना भाइरस संक्रमणको अवस्था छोपिन पुगेको बताउँछन् । ‘गाउँ-गाउँमा लक्षण नदेखिएका संक्रमित बढ्न थाल्ने हो भने अवस्था भयावह हुनसक्छ’, उनी भन्छन् ।

हुन पनि, अहिले भारतबाट आएका हजारौं मानिसहरु गाउँगाउँमा पुगेका छन् र परिवारसँग छन् । उनीहरु स्वास्थ्य परीक्षणको पहुँचमा पनि छैनन् । त्यसैले सुदूरपश्चिममा अहिले चारजना मात्र कोरोना संक्रमित छन् भन्न सकिने अवस्था नरहेको डा. शर्मा बताउँछन् । भन्छन्, ‘विदेशबाट आएका र उनीहरुको सम्पर्कमा पुगेका सबैको परीक्षण भएमात्र वास्तविक स्थिति थाहा पाउन सकिएला ।’

सेती अस्पतालका प्रवक्तासमेत रहेका डा. जगदीश जोशी पनि संक्रमण पुष्टि भएकामा लक्षण नदेखिनुलाई गम्भीर मान्छन्। विनालक्षणका कोरोना संक्रमित खोज्ने हो भने घर-घरमा भेटिनसक्ने उनको विश्लेषण छ । त्यसैले भारतबाट आएका सबैको खोजी गरेर परीक्षण गर्नुपर्ने भन्दै उनी भन्छन्, ‘लक्षण नदेखिएकाले परीक्षण गरेनौँ भन्ने कुरा अब लागू हुँदैन ।’

onlinekhabar

 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514236
Today
Yesterday
This Week
Last Week
This Month
All days
390
573
3602
1501303
14591
1514236

Your IP: 216.73.216.149
2025-05-25 16:02

Facebook Live Feed