news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

सप्तरी ,२८ चैत्र । लक डाउनको समयमा पनि नेपाल भित्रिएका १४ जना भारतीय मुश्लिमलाई सप्तरीबाट नियत्रणमा लिइएको छ । जिल्लाको अग्निसाइर कृष्णा सावरण गाउँपालिकामा फेला परेका उनीहरुलाई हनुमाननगर कंकालनी नगरपालिका १ स्थित भारदहबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

अग्निसाइर कृष्णा सावरण गाउँपालिका ६ चाँदनी चोकस्थित चौतारामा बुधबार राति सुतिरहेको अवस्थामा स्थानीयहरुले यी १४ जनालाई देखेका थिए । यसपछि स्थानीयहरुको सूचना पाएर पुगेका वडा अध्यक्ष तेजनारायण यादवले सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गर्दा समेत उनीहरुले मानिरहेका थिएनन् । ‘मैले क्वारेन्टाइनमा हिंडन उनीहरुलाई नेपालीमा भने, तर उनीहरुले भाषा नै बुझेनन्’ वडा अध्यक्ष यादवले भने, “पछि हिन्दीमा कुरा गर्दा उनीहरुले बुझेपनि क्वारेन्टाइनमा बस्न मानेनन् ।”

उनीहरु क्वारेन्टाइनमा बस्न नमानेपछि प्रहरीलाई बोलाउनै लाग्दा पूर्व पश्चिम राजमार्गको उक्त ठाउँमा तरकारी बोक्ने ज.१च १५७९ नम्बरको पिकअप भ्यान पश्चिमतिरबाट आईपुग्यो । धेरै मान्छेलाई देखेपछि भ्यान रोकेर ती सबैलाई बसाए । वडा अध्यक्ष यादवले भने, “प्रहरीलाई खबर गरिरहँदा ती सबै व्यक्ति ती गाडीमै बसेर हुइँकिए ।”

रातिको समयमा प्रहरी प्रमुख, डिएसपी समेत कसैको फोन नउठेपछि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकत आनन्द ठाकुरलाई फोन गरेपछि उनैले तत्कालै प्रहरी खटाएर उनीहरुलाई नियन्त्रणमा लिएको वडा अध्यक्ष यादवले बताए ।

इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले प्रहरीले उनीहरुलाई भारदहबाट नियन्त्रणमा लिएको बताए । ‘पिकअप भ्यानमा पहिलादेखि नै नेपालीहरुलाई लोड् गरिएको थियो’ उनले भने, “भाडा आउने भएकाले ती सबै भारतीयलाई बसाएर भ्यान जान लागेका थिए ।

नायव उपरीक्षक मिश्रले १४ जना भारतीयले आफूहरु काठमाडौंमा काम गर्दै आएको बताएको जानकारी दिए ।

नियन्त्रणमा आएका सबै भारतको बिहार राज्य अन्तर्गत अररिया जिल्लाका छन् । २२ बर्षीय मोहम्द सलीम, १९ बर्षीय इस्तियाक, २५ बर्षीय अजरत, २५ बर्षीय गेजिस, १९ बर्षीय बारिस, २२ बर्षीय सबीर, २५ बर्षीय शोखिमान, २४ बर्षीय मुस्बिर, २५ बर्षीय मगम, २२ बर्षीय तेजाव, १९ बर्षीय सम्साद, १८ बर्षीय नासिस, २२ बर्षीय नाजिब र २४ बर्षीय साहद छन् ।

यस्तै, नेपालतर्फका भोजपुरको आमचोक गाउँपालिका ८ बस्ने २२ बर्षीय नर बहादुर झार, २४ बर्षीय सुमन तामांग, २५ बर्षीय अनिस तामांग, २८ बर्षीय असन तामांग, भोजपुरकै बेबारी नगरपालिका २ का २८ बर्षीय धनीलाल उराउ, सुनसरीको दुहबी नगरपालिका २ बस्ने २२ बर्षीय विजय उराउ, सुनसरीको मधुवन २ बस्ने २५ बर्षीय रमेश कुमार, ६ बस्ने २३ बर्षीय दिपेश कुमार, भ्यान चालक सुनसरीका २२ बर्षीय अजय परियार, सह चालक धनुषाको मिथिला नगरपालिका ७ बस्ने २७ बर्षीय सानो परियार र २६ बर्षीय संजीब परियारलाई पक्राउ गरिएको छ ।

नियन्त्रणमा लिइएका ११ नेपाली र १४ भारतीयलाई अहिले अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित जनचेतना माविको क्वारेन्टाइनमा राखिएको छ ।

 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514255
Today
Yesterday
This Week
Last Week
This Month
All days
409
573
3621
1501303
14610
1514255

Your IP: 216.73.216.212
2025-05-25 16:31

Facebook Live Feed