वीरगञ्ज, चैत्र ३० – बिरगंजको नारायणी अस्पतालले आफ्नो ओपिडी सेवा अनिश्चितकालको लागि बन्द गरेको छ ।
विश्वभर फैलिँदै गरेको कोरोना सङ्क्रमण नेपालमा समेत देखा परेको हुँदा अर्को सूचना जारि नगरे सम्म अस्पतालले आकष्मिक बाहेक सम्पूर्ण ओपिडी सेवा बन्द गरेको जनाएको छ ।
अस्पतालले शनिबार अबेर राति एक पत्र जारि गर्दै ओपिडी सेवा बन्द गरेको बताएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जारि गरेको पत्रमा चैत्र २९ गते देखि लागु हुनेगरी अर्को व्यवस्था नभए सम्मको लागि ओपिडी सेवा बन्द गरिएको जनाईएको छ ।