news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

काठमाडौं १ बैशाख-, काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा रहेका तीन जनामा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ ।

अहिले यस क्षेत्रलाई प्रहरीले आफ्नो निगरानीमा राख्दै आवश्यक क्षेत्रलाई सील गरेको छ ।सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीको ¥यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षाण गर्दा कोरोना पोजिटिभ देखिएको सरकारी एक उच्च सुत्रले जानकारी दिएको छ ।अहिले काठमाडौं प्रहरी प्रबक्ता होविन्द्र बोगटी लगायतको टोलीले सो क्षेत्रको अवस्था अध्ययन गर्दै छ भने त्यस क्षेत्र सील गरिएको छ ।

प्रहरी स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ ।उनीहरुको पीसीआर गर्नका लागि पठाइएको पाटन अस्पतालस्थित स्रोतले पनि पुष्टि गरेको छ ।स्रोतका अनुसार उक्त परिवार लण्डनबाट फर्किएको थियो । अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डिङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको छ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514221
Today
Yesterday
This Week
Last Week
This Month
All days
375
573
3587
1501303
14576
1514221

Your IP: 216.73.216.1
2025-05-25 15:33

Facebook Live Feed